काठमाडौं– मंगलबार तिब्र उतार–चढावका बीच नेप्से परिसूचक २ दशमलब ४१ अंकले बढेर १ हजार २ सय ५८ दशमलब ८१ को बिन्दूमा कारोबार रोकिएको छ।
‘क’ वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब १६ अंकले बढेर २ सय ६६ दशमलब ६० को बिन्दूमा आइपुगेको छ।
मंगलबार १ सय ६९ कम्पनीका ४५ करोड ८६ लाख ९५ हजार ९ सय १७ रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भएका छन्। नेको इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको ३ करोड ३६ लाख ९८ हजार ६ सय ९७ रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। त्यस्तै, एनएमबी बैंकको २ करोड ४७ लाख ५३ हजार ३ सय ३९ रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भएको छ।
मंगलबार कारोबारमा आएकामध्ये होटल समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। समूहको सेयर मूल्यमा २५ दशमलब ९३ अंकको गिरावट आएको छ। त्यस्तै, बैंकिङ समूहको २ दशमलब १३ अंकले घटेको छ भने फाइनान्स समूहमा १ दशमलब ८५ अंकको गिरावट आएको छ।
यता, सर्वाधिक कमाउनेमा निर्जीवन बिमा समूह अन्तर्गतका लगानीकर्ता रहेका छन्। समूहको सेयर मूल्य ७३ दशमलब ९५ अंकले बढेको छ। जलविद्युत् समूह ४२ दशमलब १२ अंकले बढेको छ भने जीवन बिमा समूह १९ दशमलब ६१ अंकले बढेको छ।
मंगलबार सर्वाधिक कमाउनेमा जलविद्युत् समूह अन्तर्गतका कम्पनीहरु बढी रहेका छन्। यस अन्तर्गत पहिलो स्थानमा अरुण काबेली पावरका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँले बढेर २ सय ६६ रुपैयाँमा कारोबार रोकिएको छ। त्यस्तै, भार्गव विकास बैंकको सेयर मूल्य प्रतिकित्ता १४ रुपैयाँले बढेको छ।
सर्वाधिक गुमाउनेमा हाथवे फाइनान्स अन्तर्गतका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँले घटेर १ सय १८ रुपैयाँमा कारोबार रोकिएको छ। विजया लघुवित्तको सेयर मूल्य प्रतिकित्ता २३ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।