काठमाडौं- पोखराको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
पोखराबाट भदौरे जाँदै गरेको ग१ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो।
हालसम्म ९ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्त्यको पनि खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ। जीप दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।