ताप्लेजुङ– ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भीषण आगलागी हुँदा करिब १० घर जलेका छन्।
स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताए। करिब ५० घरधुरी रहेको बजारमा आगो फैलिँदा ठूलो क्षति भएको छ।
आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका छन्। दमकलको प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट समेत थप सुरक्षाकर्मी घटनास्थलमा खटाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।