काठमाडौं– मस्कोमा शुक्रबार भएको गोलीकाण्ड र त्यसपछिको आगलागीमा परी ठूलो क्षति भएको छ।
मस्कोको उपनगर क्रास्नोगोसकको क्रोकस सिटी हलमा कन्सर्ट हुनुअघि आतंकवादी हमला भएको थियो।
आगलागीबाट करिब १३ हजार वर्ग मिटर क्षेत्र प्रभावित भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिवार मस्को आतङ्ककारी हमलामा संलग्न सबै चार बन्दुकधारीलाई पक्राउ गरिएको बताएका छन्।
पुटिनले उक्त घातक हमलाका लागि जिम्मेवार सबैलाई कारबाही गरिने बताए। उनले आइतबार देशव्यापी शोक मनाउने आदेश पनि दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।