• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

ब्याजदर घट्दा पनि बढेन कर्जा प्रवाह, भाका नाघेको ऋण असुली नहुँदा बढ्यो खराब कर्जा 

64x64
कल्पना घिमिरे शुक्रबार, चैत २, २०८०  २०:३०
1140x725

काठमाडौं- पछिल्लो समय बैंक तथा वित्तिय संस्थामा निक्षेप थुप्रिँदै गइरहेको छ। यसरी निक्षेप थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाहरुले निरन्तर ब्याजदर घटाइरहेका छन्। 

ब्याजदर घटिरहेको बेलामा कर्जा माग बढुनुपर्ने हो तर पनि कर्जा माग हुन सकेको छैन। कर्जा प्रवाह सुस्त भइरहेको देखिन्छ। 

पछिल्लो समय बढिरहेको रेमिट्यान्सका कारण निक्षेप थपिइरहेको जानकारहरु बताउँछन्। ठूलो परिमाणमा तरलता बैंकहरुसँग हुँदा र ब्याजदर घट्दा पनि निजी क्षेत्रलाई जाने पर्ने कर्जा प्रवाह हुन नसक्नु दुखद रहेको अर्थविद् केशव आचार्य बताउँछन्। पछिल्लो समय बैंकहरुमा निक्षेपको वृद्धिदर कर्जाको वृद्धिदरभन्दा माथि रहेको छ। तर निजी क्षेत्रले ऋण लिएर लगानी गर्न असुरक्षित महसुस गर्नाले कर्जा प्रवाह हुन नसकेको उनको भनाइ छ।  

‘बैंकबाट कर्जा गइरहेको छैन। यो भनेको हाम्रो नेपालको निजी क्षेत्र विश्वासको एकदमै ठूलो संकटमा छ। लगानी गर्न हिच्किचायो। किनभने, लगानी गरेँ भने म सुरक्षित छु कि छैन। मलाइ नाफा आउँछ कि आउँदैन भन्ने हिसाब निजी क्षेत्रले देखायो। त्यसले गर्दा अर्थतन्त्रको अरु पाटो विदेश जाने रोजगारी बढेको छ। तर आन्तरिक अर्थतन्त्रले रोजगारी विस्तार गर्न सकेको छैन,’ उनले भने। 

जति लगानी छ, त्यो व्यापारमा मात्रै रहेको र पछिल्लो समय सेयर बजारमा अलिअलि लगानी सुरुवात भएको उनको भनाइ छ। व्यापार व्यवसाय र घरजग्गा कारोबार ठप्प रहँदा कर्जाको माग बढ्न नसकेको नसकेको उनको दाबी छ।

खराबकर्जा अनुपात ३.६३ प्रतिशत पुग्यो
पछिल्लो समय भाका नाघेको कर्जा असुलीमा पनि समस्या बढ्दै गएको छ। जसका कारण बैंकहरुको खराब (निष्क्रिय) कर्जा बढेको जनाएको छ। राष्ट्र बैंकले माघ मसान्तसम्म सबै वाणिज्य बैंकहरुको खराबकर्जा अनुपात ३.६३ प्रतिशत रहेको जनाएको छ। यसैगरी, खुद खराब कर्जा अनुपात भने १.१३ प्रतिशत सीमित छ।

नेपालका बैंकहरुको खुद खराब कर्जा एसियाका अन्य मुलुकहरुको तुलनामा कम रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त तथ्यांकले देखाउँछ। तर पनि ९ वटा वाणिज्य बैंकको खुद खराब कर्जा ४ प्रतिशत माथि पुगेको बैंकले जनाएको छ। 

यस्तै ४ वटा वाणिज्य बैंकहरुको खराब कर्जा २ प्रतिशतभन्दा कम छ। १० वटा वाणिज्य बैंकको खुद खराबकर्जा १ प्रतिशत भन्दा कम छ भने १० वटा वाणिज्य बैंकको खुद खराबकर्जा २ प्रतिशत भन्दा कम रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समय बैंकहरुमा तरलता अत्यधिक बढ्दा नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणबाट अरबौँ रुपैयाँ तानेर सन्तुलन कायम गर्दै आएको छ। तर पनि अहिलेसम्म सबै बैंक तथा वित्तीय संस्थामा ६१ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ।

यस्तै  ५० खर्ब ८८ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ। यसो हुँदा बैंकहरुको कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) औसत ७९.९९ प्रतिशत पुगेको छ। जबकि बैंकहरुलाई अधिकतम सीडी रेसियो ९० प्रतिशत तोकिएको छ। यसर्थ बैंकहरुले एक सय रुपैयाँ लिँदा ९० रुपैयाँसम्म लगानी गर्न पाउँछन्। तर अहिले बैंकसँग कूल १०.०१ प्रतिशत अर्थात् करिब ४ खर्ब ८८ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी योग्य रकम देखिन्छ।

यस्तै लगातार तरलता थुप्रिरहँदा निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ। गत असोजमा यस्तो निक्षेपको ब्याजदर दोहोरो अंकमा थियो। सञ्चालनमा रहेका वाणिज्य बैंकहरुकै व्यक्तिगत मुद्दती निक्षेप औसत ७.७७ प्रतिशतमा सीमित भएको छ। गत असोजमा मात्रै औसत मुद्दती निक्षेपको ब्याजदर १०.२३ प्रतिशत थियो। पछिल्लो समय क्रमशः घट्दै कात्तिकमा औसत ९.९६ प्रतिशत, मंसिरमा ८.९९,  पुसमा ८.१६ र माघमा ७.७७ प्रतिशतमा झरेको छ।

अहिले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत ब्याज दिएका बैंकले संस्थागत मुद्दतीमा ६ प्रतिशतसम्म बैंकले दिएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बचत खाताको तुलनामा कर्जा खाता थोरै
बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ४० लाखभन्दा धेरै निक्षेप खाता संख्या रहेको छ भने १८ लाख ७१ हजारभन्दा धेरै कर्जा खाताहरु छन्। निक्षेप खाताको तुलनामा कर्जा खाता एकदमै कम छन्। बचत खाता भने नेपालको कुल जनसंख्याको दोब्बर रहेका छन्।

एउटै व्यक्तिको नाममा ६–७ बचत खाता खोल्ने प्रवृत्तिले अधिक देखिएको बैंकरहरु बताउँछन्। नेपाल राष्ट्र बैंकको विभिन्न अध्ययनले दोहोरो बैंक खाता हुने अधिक भएको देखाएको छ।

वाणिज्य बैंकको साधारण बचत (व्यक्तिगत र संस्थागत) खातामा मात्रै माघसम्ममा १४ खर्ब ९३ अर्ब ४४ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन भएको छ। यो गत वर्षको सोही अवधिको भन्दा २१.७१ प्रतिशत अर्थात् २ खर्ब ६६ अर्ब ३९ करोड रुपैयाँले बढी हो।

कुल निक्षेपमा मुद्दती निक्षेपको अनुपात ५८.०७ प्रतिशत छ भने बचतको २७.६९, करेन्ट खाताको ७ प्रतिशत र कल निक्षेपको ६.४६ प्रतिशत छ। 

मुद्दती निक्षेप खातामा दुई वर्ष र यसभन्दा बढी अवधिमा कुल मुद्दतीको ३४.०९ प्रतिशत हिस्सा ओगटेको छ। अर्थात् कुल मुद्दती निक्षेप ४ खर्ब १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँमध्ये १ खर्ब ३६ अर्ब ८४ करोड हाराहारीको रकम २ वर्ष र यसभन्दामाथि अवधिका छन्। छोटा अवधिको कूल खातामा ३ खर्ब २२ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन भएको छ। यो गत आर्थिक वर्षको तुलनामा २४.२१ प्रतिशत अर्थात् ६२ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ बढी हो।

समग्रमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ११४.३४ प्रतिशत छ। जसमा वाणिज्य बैंकसँगको अनुपात १०१.१५ प्रतिशत, विकासको १०.९५ प्रतिशत र वित्त कम्पनीको २.२४ प्रतिशत छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार वार्षिक ६ खर्ब ८७ अर्ब ७४ करोड ६३ लाख रुपैयाँ वाणिज्य बैंकमा निक्षेप संकलन भएको छ। २०७९ माघसम्ममा ४६ खर्ब ३२ अर्ब ७५ करोड ६३ लाख रुपैयाँ रकम बचत खातामा थियो। २०८० माघमा बढेर ५३ खर्ब २० अर्ब ५० करोड २७ लाख रुपैयाँ पुगेको छ। अझ फागुन अन्त्यमा बढेर वाणिज्य बैंकको मात्रै निक्षेप ५४ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा पर्याप्त तरलता, रेमिट्यान्स र ऊर्जा उपलब्ध भएपनि त्यसलाई उत्पादनशील लगा... बिहीबार, असोज २९, २०८३
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्