काठमाडौं– समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र तिनाउ विकास बैंकले लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन्।
समिट माइक्रोफाइनान्सले २४ दशमलब ७७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। संस्थाको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २३ दशमलब ५३ प्रतिशत बोनस सेयर र १ दशमलब २४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। जसअनुसार १७ करोड चुक्ता पुँजी रहेको ४ करोड रुपैयाँ बराबरको बोनस सेयर दिन लागिएको हो।
त्यस्तै, तिनाउ विकास बैंकले ५० करोड ६९ लाख रुपैयाँ बराबरको १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। साथै, उक्त बोनस सेयरलाई लाग्ने शून्य दशमलब ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ।
दुवै कम्पनीले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने राष्ट्र बैंक र कम्पनीको अगामी साधारणसभाबाट पारित गरेपछि मात्रै पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।