काठमाडौं– नेपाल श्रमिक आपूर्तिकर्ता संघको प्रथम वार्षिक साधारणसभा पुरानो वानेश्वरस्थित सिद्धार्थ कटेजमा सम्पन्न भएको छ।
साधारणसभाले वर्तमान अध्यक्ष रामेश्वर शाहलाई नै पुनः अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ। साथै साधारणसभाको सर्वसम्मतिबाट केही अग्रणी महिला व्यवसायीलाई सदस्यको जिम्मेवारी थप गरी मौजुदा कार्यसमितिलाई नै पुनः एक कार्यकालका लागि निर्वाचित समेत गरेको छ।
आपूतिकर्ता कम्पनीलाई लगाइएको अत्यधिक मात्राको धरौटी, एउटा श्रमिक आपूर्तिकर्ता कम्पनीले बढीमा दुई वटा मात्र काम गर्न पाउने व्यवस्था लगायतका विषयलाई संविधानविपरीत भन्दै साधारणसभाले श्रमिक आपूर्तिकर्तासामु देखापरेका कानुनी एवं व्यावहारिक समस्याका बारेमा विभिन्न निर्णय गरेको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।