काठमाडौं– नेपाली फेसन फ्रेन्चाइजी दि रिगल इन्कको ब्रान्ड आउटलेट काठमाडौंको दरबारमार्गमा खुलेको छ। ट्याग इन्टरनेशनल प्रालिअन्तर्गत दर्ता भएकाे रियल इन्ककाे नविल बैंकका प्रमुख कार्यकारी अनिल शाहले उद्घाटन गरेका छन् । काठमाडौंको फेसन हव दरबारमार्गमा शोरुम स्थापना गरेको रिगलले फेसनको क्षेत्रमा नवप्रवर्तन गर्ने लक्ष्य लिएको छ।
शोरुमको उद्घाटन गर्दै बैंकर शाहले फेसनको दुनियाँमा नेपाली ब्रान्डको उदयले गुणस्तरीय छनाेटको अवसर बढेको बताए। युवा व्यवसायीहरुको प्रयासबाट भएको यस्तो काम अझै बढ्नुपर्ने उनको धारणा थियो।
रिगल इन्कका प्रमुख कार्यकारी अधिकृत आसुतोष अग्रवालले आफ्नै ब्रान्ड र विदेशी गुणस्तरीय ब्रान्ड उपलब्ध गराउने उद्देश्यका साथ शोरुम खोलिएको बताए।
‘यसबाट लुक्समात्र फेरिने छैन, गुणस्तर, विश्वासनीयता, सस्तो र धान्न सक्नेगरी उत्पादनहरु उपलब्ध गराउने छौं’ अग्रवालले भने। अग्रवालले आफ्नै ब्रान्डमा विभिन्न फेसन उत्पादनहरु पनि उपलब्ध गराउँदै जाने बताए।
शोरुममा आठवटा ब्रान्ड उपलब्ध हुनेछन्। जसमा नेपाली फेसन ब्रान्ड जिबी ब्रुमेल हुनेछ। पुरुषका लागि फेसन डिजाइनहरु हुने यो ब्रान्ड नेपाली हो। त्यस्तै द म्यान कम्पनी भन्ने भारतीय ब्रान्ड पनि यो शोरुममा हुनेछ।
त्यस्तै लोरो पियना, भाइटल बारबेरिस, डि डेल्फिनो र डोरमिइएल ब्रान्डका उत्पादनहरु उपलब्ध हुनेछन्। शोरुममा लानफिको र इटालियन सुट ब्रान्ड जेग्ना पनि हुनेछ। रियल इन्कलाई नेपालको आधिकारी फेसन हाउसको रुपमा विकसित गर्दै जाने र आवश्यकताअनुसार देशभर विस्तार गर्दै जाने अग्रवालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।