• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

६ महिनामा ५ प्रतिशत पनि विकास खर्च गर्न नसक्ने यी ५ मन्त्रालय

64x64
कल्पना घिमिरे बिहीबार, फागुन ३, २०८०  ०८:२१
1140x725

काठमाडौं- चालु आर्थिक वर्षको ६ महिनाको (अर्धवार्षिक) अवधिमा २२ मन्त्रालयमध्ये ५ मन्त्रालयले विकास खर्च (पुँजीगत खर्च) ५ प्रतिशत पनि कटाउन सकेका छैनन्। अर्धवार्षिक अवधिमा पुँजीगत खर्च ५ प्रतिशत पनि गर्न नसक्ने तर चालु खर्च उल्लेख्य गरेका ५ मन्त्रालय रहेको अर्थ मन्त्रालयले जनाएको छ। 

जसमा अर्थ मन्त्रालय स्वयं तेस्रो नम्बरमा परेको छ। सबैभन्दा कम खर्च गर्नेमध्येको पहिलो नम्बरममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय छ। यस मन्त्रालयका लागि पुँजीगततर्फ २ अर्ब ३० करोड १६ लाख रुपैयाँ विनियोजन भएको थियो। बजेटको अर्धवार्षिक समीक्षा अवधिमा ५ करोड ३६ लाख अर्थात् २.३३ प्रतिशत मात्र खर्च भएको छ। 

तर, सञ्चार मन्त्रालयले सोही अवधिमा चालु खर्च भने उल्लेख्य रुपमा गरेको देखिन्छ। यस मन्त्रालयको चालु खर्च ३२.७९ प्रतिशत अर्थात् २ अर्ब १० करोड रुपैयाँ गरेको छ। यो मन्त्रालयलाई चालु खर्चका लागि ६ अर्ब ४० करोड ५१ लाख रुपैयाँ विनियोजन भएको थियो।

अर्को कम खर्च गर्नेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय छ। यस मन्त्रालयका लागि पुँजीगततर्फ २३ करोड ४४ लाख विनियोजन भएकोमा ७० लाख अर्थात् २.९७ प्रतिशत रुपैयाँ मात्र खर्च भएको छ। तर संघीय मामिला मन्त्रालयले चालु खर्च १६.८३ प्रतिशत अर्थात् ९१ करोड ६६ लाख रुपैयाँ गरेको छ। उक्त मन्त्रालयलाई चालु खर्चका लागि ५ अर्ब ४४ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको थियो।

अर्थ मन्त्रालयले  ११ अर्ब १२ करोड ७८ लाख पुँजीगत विनियोजन भएकोमा ४५ करोड ३६ लाख खर्च गरेको छ। यो कुल विनियोजित पूँजीगत खर्चको ४.०८ प्रतिशत हो। 

अर्थ मन्त्रालयले चालु खर्च भने १२.३१ प्रतिशत खर्च गरेको छ। चालु खर्चका लागि २९ अर्ब ३२ करोड ६३  लाख छुट्याएको थियो जसबाट ३ अर्ब ६१ करोड ८ लाख  खर्च गरेको छ।

यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ३ अर्ब २९ करोड २१ लाख पुँजीगत खर्चका लागि विनियोजन भएको थियो तर ६ महिनामा १४ करोड ७६ लाख खर्च गरेको छ। यो कुल बजेटको ४.४८ प्रतिशत हो।

उद्योग मन्त्रालयले चालुतर्फको खर्च भने  ३४.६१ प्रतिशत अर्थात् १ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ४.६६ प्रतिशत पुँजीगत खर्च गरेको छ। पुँजीगत खर्चका लागि ३७ करोड ७२ लाख छुट्याइएकोमा १ करोड ७६ लाख रुपैयाँ मात्रै खर्च गरेको छ। तर चालु खर्च भने १३.५० प्रतिशत खर्च अर्थात् १६ करोड १९ लाख रुपैयाँ गरेको छ। चालूतर्फको लागि १ अर्ब १९ करोड ९० लाख रुपैयाँ  विनियोजन गरेको छ।

२० प्रतिशत पनि खर्च गर्न सकेनन् विकास निर्माणसँग सम्बन्धित मन्त्रालयले
विकास निर्माणसँग सम्बन्धित ५ मन्त्रालयले पनि पुँजीगत खर्च २० प्रतिशतभन्दा बढी गर्न सकेका छैनन्।

सबैभन्दा बढी बजेट पाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि चालु आर्थिक वर्षमा पुँजीगततर्फ १ खर्ब २३ अर्ब ८० करोड ५४ लाख रुपैयाँ विनियोजन भएको थियो। तर ६ महिनामा मन्त्रालयले १९.३१ प्रतिशत अर्थात् २३ अर्ब ९० करोड ६१ लाख रुपैयाँ पुँजीगत बजेट खर्च गरेको छ।

अर्को बढी बजेट पाउने शहरी विकास मन्त्रालयले पुँजीगत खर्च १५ प्रतिशत पनि कटाउन सकेको छैन। यस मन्त्रालयले ४१ अर्ब ८० करोड ५८ लाख रुपैयाँ पँजीगत खर्चका लागि विनियोजन भएको थियो। तर ६ महिनामा ५ अर्ब ७९ करोड २१ लाख रुपैयाँ मात्र खर्च गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विकास निर्माणका गतिविधि बढी हुने मन्त्रालयका रूपमा रहेको खानेपानी मन्त्रालय पनि पुँजीगत खर्च गर्नेमा कमजोर देखिएको छ। खानेपानीका लागि चालु आर्थिक वर्षमा १२ अर्ब १३ करोड ८३ लाख रुपैयाँ विनियोजन भएको थियो। ६ महिनाको अवधिमा यस मन्त्रालयले १९.११ प्रतिशत मात्र खर्च गरेको छ। 

सो अवधिमा सबैभन्दा बढी पुँजीगत खर्च गर्नेमा परराष्ट्र मन्त्रालय छ। यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा ४२ करोड ३४ लाख रुपैयाँ विनियोजन भएकामा ३७.७० प्रतिशत खर्च गरेको हो।

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै पुँजीगत खर्चमा उत्साहजनक प्रगति नदेखिए पनि खर्चको रफ्तार बढ्ने दाबी गरे। 

‘पूँजीगत खर्च उत्साह जनक देखिएन। अब चाहिँ पूँजीगत खर्चको रफ्तार बढ्छ। पूँजीगत खर्च कतिपय कार्यविधिका र वातावरणीय अध्ययन नभएर वा ठेक्का लगाउन नसकेको कारणलेसमय अवधि थप्नुपर्‍यो। यी सबै कारणले पूँजीगत खर्च एथेष्ट हुन नसकेको हो, आउने दिनमा बढ्नेछ। विदेशी सहयोगमा आउने आयोजनाहरुमा पनि खर्च बढ्ने संकेत देखिएको छ,’ मन्त्री महतले भने।

सरकारले चालु आर्थिक वर्षमा विनियोजित पुँजीगत बजेट खर्चिन नसक्ने भएपछि यसलाई संशोधन गरेर अर्धवार्षिक समीक्षामार्फत घटाएको छ। चालु आर्थिक वर्षमा पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको थियो। यसलाई घटाएर २ खर्ब ५४ अर्ब १३ करोड १९ लाख रुपैयाँ बनाइएको छ। 

सोमबारसम्म सरकारले समग्रमा २१.०५ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ। अर्थात् पुँजीगत बजेटतर्फको ६३ अर्ब २७ करोड ९५ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ... मंगलबार, असोज २७, २०८३
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार भन्सार कार्यालयमा बुझाए पनि सुन तस्करीको थप सञ्जाल  पत्ता लगाउन प्रहर... सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्