• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

६ महिनामा ५ प्रतिशत पनि विकास खर्च गर्न नसक्ने यी ५ मन्त्रालय

64x64
कल्पना घिमिरे बिहीबार, फागुन ३, २०८०  ०८:२१
1140x725

काठमाडौं- चालु आर्थिक वर्षको ६ महिनाको (अर्धवार्षिक) अवधिमा २२ मन्त्रालयमध्ये ५ मन्त्रालयले विकास खर्च (पुँजीगत खर्च) ५ प्रतिशत पनि कटाउन सकेका छैनन्। अर्धवार्षिक अवधिमा पुँजीगत खर्च ५ प्रतिशत पनि गर्न नसक्ने तर चालु खर्च उल्लेख्य गरेका ५ मन्त्रालय रहेको अर्थ मन्त्रालयले जनाएको छ। 

जसमा अर्थ मन्त्रालय स्वयं तेस्रो नम्बरमा परेको छ। सबैभन्दा कम खर्च गर्नेमध्येको पहिलो नम्बरममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय छ। यस मन्त्रालयका लागि पुँजीगततर्फ २ अर्ब ३० करोड १६ लाख रुपैयाँ विनियोजन भएको थियो। बजेटको अर्धवार्षिक समीक्षा अवधिमा ५ करोड ३६ लाख अर्थात् २.३३ प्रतिशत मात्र खर्च भएको छ। 

तर, सञ्चार मन्त्रालयले सोही अवधिमा चालु खर्च भने उल्लेख्य रुपमा गरेको देखिन्छ। यस मन्त्रालयको चालु खर्च ३२.७९ प्रतिशत अर्थात् २ अर्ब १० करोड रुपैयाँ गरेको छ। यो मन्त्रालयलाई चालु खर्चका लागि ६ अर्ब ४० करोड ५१ लाख रुपैयाँ विनियोजन भएको थियो।

अर्को कम खर्च गर्नेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय छ। यस मन्त्रालयका लागि पुँजीगततर्फ २३ करोड ४४ लाख विनियोजन भएकोमा ७० लाख अर्थात् २.९७ प्रतिशत रुपैयाँ मात्र खर्च भएको छ। तर संघीय मामिला मन्त्रालयले चालु खर्च १६.८३ प्रतिशत अर्थात् ९१ करोड ६६ लाख रुपैयाँ गरेको छ। उक्त मन्त्रालयलाई चालु खर्चका लागि ५ अर्ब ४४ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको थियो।

अर्थ मन्त्रालयले  ११ अर्ब १२ करोड ७८ लाख पुँजीगत विनियोजन भएकोमा ४५ करोड ३६ लाख खर्च गरेको छ। यो कुल विनियोजित पूँजीगत खर्चको ४.०८ प्रतिशत हो। 

अर्थ मन्त्रालयले चालु खर्च भने १२.३१ प्रतिशत खर्च गरेको छ। चालु खर्चका लागि २९ अर्ब ३२ करोड ६३  लाख छुट्याएको थियो जसबाट ३ अर्ब ६१ करोड ८ लाख  खर्च गरेको छ।

यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ३ अर्ब २९ करोड २१ लाख पुँजीगत खर्चका लागि विनियोजन भएको थियो तर ६ महिनामा १४ करोड ७६ लाख खर्च गरेको छ। यो कुल बजेटको ४.४८ प्रतिशत हो।

उद्योग मन्त्रालयले चालुतर्फको खर्च भने  ३४.६१ प्रतिशत अर्थात् १ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ४.६६ प्रतिशत पुँजीगत खर्च गरेको छ। पुँजीगत खर्चका लागि ३७ करोड ७२ लाख छुट्याइएकोमा १ करोड ७६ लाख रुपैयाँ मात्रै खर्च गरेको छ। तर चालु खर्च भने १३.५० प्रतिशत खर्च अर्थात् १६ करोड १९ लाख रुपैयाँ गरेको छ। चालूतर्फको लागि १ अर्ब १९ करोड ९० लाख रुपैयाँ  विनियोजन गरेको छ।

२० प्रतिशत पनि खर्च गर्न सकेनन् विकास निर्माणसँग सम्बन्धित मन्त्रालयले
विकास निर्माणसँग सम्बन्धित ५ मन्त्रालयले पनि पुँजीगत खर्च २० प्रतिशतभन्दा बढी गर्न सकेका छैनन्।

सबैभन्दा बढी बजेट पाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि चालु आर्थिक वर्षमा पुँजीगततर्फ १ खर्ब २३ अर्ब ८० करोड ५४ लाख रुपैयाँ विनियोजन भएको थियो। तर ६ महिनामा मन्त्रालयले १९.३१ प्रतिशत अर्थात् २३ अर्ब ९० करोड ६१ लाख रुपैयाँ पुँजीगत बजेट खर्च गरेको छ।

अर्को बढी बजेट पाउने शहरी विकास मन्त्रालयले पुँजीगत खर्च १५ प्रतिशत पनि कटाउन सकेको छैन। यस मन्त्रालयले ४१ अर्ब ८० करोड ५८ लाख रुपैयाँ पँजीगत खर्चका लागि विनियोजन भएको थियो। तर ६ महिनामा ५ अर्ब ७९ करोड २१ लाख रुपैयाँ मात्र खर्च गरेको छ।

Xtrem

Xtrem

विकास निर्माणका गतिविधि बढी हुने मन्त्रालयका रूपमा रहेको खानेपानी मन्त्रालय पनि पुँजीगत खर्च गर्नेमा कमजोर देखिएको छ। खानेपानीका लागि चालु आर्थिक वर्षमा १२ अर्ब १३ करोड ८३ लाख रुपैयाँ विनियोजन भएको थियो। ६ महिनाको अवधिमा यस मन्त्रालयले १९.११ प्रतिशत मात्र खर्च गरेको छ। 

सो अवधिमा सबैभन्दा बढी पुँजीगत खर्च गर्नेमा परराष्ट्र मन्त्रालय छ। यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा ४२ करोड ३४ लाख रुपैयाँ विनियोजन भएकामा ३७.७० प्रतिशत खर्च गरेको हो।

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै पुँजीगत खर्चमा उत्साहजनक प्रगति नदेखिए पनि खर्चको रफ्तार बढ्ने दाबी गरे। 

‘पूँजीगत खर्च उत्साह जनक देखिएन। अब चाहिँ पूँजीगत खर्चको रफ्तार बढ्छ। पूँजीगत खर्च कतिपय कार्यविधिका र वातावरणीय अध्ययन नभएर वा ठेक्का लगाउन नसकेको कारणलेसमय अवधि थप्नुपर्‍यो। यी सबै कारणले पूँजीगत खर्च एथेष्ट हुन नसकेको हो, आउने दिनमा बढ्नेछ। विदेशी सहयोगमा आउने आयोजनाहरुमा पनि खर्च बढ्ने संकेत देखिएको छ,’ मन्त्री महतले भने।

सरकारले चालु आर्थिक वर्षमा विनियोजित पुँजीगत बजेट खर्चिन नसक्ने भएपछि यसलाई संशोधन गरेर अर्धवार्षिक समीक्षामार्फत घटाएको छ। चालु आर्थिक वर्षमा पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको थियो। यसलाई घटाएर २ खर्ब ५४ अर्ब १३ करोड १९ लाख रुपैयाँ बनाइएको छ। 

सोमबारसम्म सरकारले समग्रमा २१.०५ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ। अर्थात् पुँजीगत बजेटतर्फको ६३ अर्ब २७ करोड ९५ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग... बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उ... बिहीबार, असोज ८, २०८३
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ। एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्रा... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्