• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

चालु बजेटको अर्धवार्षिक समीक्षा : उत्साहजनक देखिएन पूँजीगत खर्च

64x64
कल्पना घिमिरे मंगलबार, फागुन १, २०८०  २०:३०
1140x725

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म (६ महिना)मा ५ खर्ब ७३ अर्ब ६३ करोड २९ लाख रुपैयाँ खर्च गरेको छ। यो कुल विनियोजित बजेटको ३२.७५ प्रतिशत मात्रै हो। 

यो ६ महिनामा ३८.८० प्रतिशत चालु खर्च भएको छ भने १६.७० प्रतिशत पूँजीगत खर्च भएको छ। यस्तै २६.०६ प्रतिशत वित्तीय व्यवस्थापन खर्च भएको छ। १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ कुल बजेट विनियोजन गरिएकोमध्ये जसमध्ये पूँजीगत (विकास खर्च) खर्चतर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएको थियो।

यस्तै चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएको थियो।

जसअनुसार सरकारले चालू वर्षको ६ महिनामा गरेका खर्चमध्ये पूँजीगत खर्च कम देखिन्छ। अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा २१ प्रतिशतले कम पूँजीगत खर्चका लागि बजेट विनियोजन गरेको थियो। गत वर्ष ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पूँजीगत खर्च विनियोजन गरिएको थियो।

सोमबार चालु आर्थिक वर्ष  २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चालु खर्च बढेको तर पुँजीगत खर्च लक्ष्य अनुसार गर्न नसकेको स्वीकार गरे। साथै आगामी दिनमा पूँजीगत खर्चलाई बढावा दिने बताए।

‘पूँजीगत खर्च उत्साह जनक देखिएन। अब चाहिँ पूँजीगत खर्चको रफ्तार बढ्छ। पूँजीगत खर्च कतिपय कार्यविधिका कारण कतिपय वातावरणीय अध्ययन नभएर वा ठेक्का लगाउन नसकेको कारणले हामीले समय अवधि थप्नुपर्‍यो। यी सबै कारणले पूँजीगत खर्च एथेष्ट हुन नसकेको हो, आउने दिनमा बढ्नेछ। विदेशी सहयोगमा आउने आयोजनाहरुमा पनि खर्च बढ्ने संकेत देखिएको छ,’ मन्त्री महतले भने।

चालु वर्षको कुल बजेटमध्येबाट घटाएर १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुने गरी संशोधित गरेको छ। चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आम्दानी र खर्चको मूल्याङ्कनको आधारमा बजेटको लक्ष्य घटाएको बताए।

जसमध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत, चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत र  वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक 
पूँजीगत खर्च घटाएका अर्थमन्त्री महत अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको दाबी गर्छन्। 

कठिन परिवेशमा आफूले अर्थमन्त्रीको जिम्मेवारी लिएको भन्दै उनी आफू आएपछि अर्थतन्त्रले सकारात्मक लय समाएको बताउँछन्। उनले आर्थिक सुधारको विषयमा तत्काल परिणाम ननिस्किने भन्दै अहिले सार्वजनिक भएका सबै अर्थतन्त्रका सूचक सकारात्मक रहेको बताए।

‘सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि वृद्धि हुने सरकारको अपेक्षा छ। बजेट पद्धतिलाई चुस्त बनाउन अझै केही समय लाग्छ। सूचक सकारात्मक बन्दै गए पनि सरकारको लक्ष्य अनुसार छैन। मूल्यवृद्धि सरकारको लक्ष्यभन्दा पनि कममा आएको भन्दै मूल्यवृद्धि नियन्त्रणमा रहेको छ,’ मन्त्री महतले भने, ‘कर्जा प्रवाहमा नहुने चिन्ता भए पनि आगामी दिनमा कर्जा वृद्धि हुनेछ। आयातमा गैरभन्सार चुहावटको भएको हुन सक्छ।’

ईभी प्रमोसनमा जाँदा राजस्व घट्यो
सरकारको समग्र खर्च ३२.५७ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको ६ महिनाको राजस्वको लक्ष्य ६ खर्ब ६८ अर्ब १६ करोड उठाउने लक्ष्य लिएको थियो। चालु आर्थिक वर्षको ६ महिनामा मुस्किलले ५ खर्ब १५ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ।

Xtrem

Xtrem

यो कूल राजस्व संकलन लक्ष्यको ७७.४ प्रतिशत रहेको छ, यो गत वर्षको तमुलनामा ६.५४ प्रतिशतले बढी हो।

इन्धनमा आयातित गाडी अहिले ईभी प्रमोसनमा जाँदा धेरै कर घटेको भन्दै महत्वपूर्ण भाग आयातमा राजस्व एकदमै कम भएको मन्त्री महत बताउँछन्।

‘राजस्व वृद्धिदर ९.६७ प्रतिशत रहेको छ यो राम्रो हो। तर विद्युतीय सवारी साधनलाई प्रामोसन गर्दा राजस्वमा गिरावट आएको छ। इन्धनमा आधारित सवारी साधनहरु आयातमा ३ सय प्रतिशतसम्म कर लगाउने गरेका थियौं। अहिले विद्युतीय सवारी साधनलाई प्रामोसन गर्ने निर्णय गरौं। अब ग्रिन अर्थतन्त्रमा जाने भनेर विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न कर धेरै घटायौं,’ उनले भने। 

जसअनुसार आर्थिक वर्षभरि १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ कसै गरे पनि उठाउन नसकिने देखिएको छ।

वैदेशिक सहायता लक्ष्य बाहिर
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आन्तरिकतर्फ १ खर्ब २८ अर्ब ३१ करोड र बाह्यतर्फ जम्मा ५९ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ बराबरको मात्र आर्थिक सहायता प्राप्त भएको छ। वैदेशिक सहायतामध्ये २० अर्ब २७ करोड ८६ लाख रुपैयाँ अनुदान र ३९ अर्ब ७० करोड रुपैयाँ ऋण सहायता प्राप्त भएको छ। 

अघिल्लो वर्षको तुलनामा यस्तो ऋण तथा आर्थिक सहायता अघिल्लो वर्षको भन्दा पनि ५० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष अनुदान र ऋण गरी १ खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ बराबरको आर्थिक सहायता यसै अवधिमा प्राप्त भइसकेको थियो।

बजेट खर्च गर्ने स्रोतकै रुपमा चालु आर्थिक वर्षका लागि सरकारले आन्तरिकसँगै बाह्य ऋण तथा अनुदान सहायतालाई पनि मुख्य आधारको रुपमा लिएको थियो। तर लक्ष्यअनुसार प्राप्त नहुँदा बजेट खर्च घटाउनु पर्ने देखिएको छ। सरकारले चालु आर्थिक वर्षमा आन्तरिकतर्फ २ खर्ब ४० अर्ब रुपैयाँ र वैदेशिकतर्फ (ऋण तथा अनुदान गरी) २ खर्ब ६२ अर्ब ६९ करोड २१ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको थियो। 

पूँजीगत खर्चभन्दा सार्वजनिक ऋणको सावाँ-ब्याजको भुक्तानीमा बढी खर्च 
सरकारलाई एसियाली विकास बैंकबाट एक सय मिलियन अमेरिकी डलर र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ५२.२५ मिलियन अमेरिकी डलर गरी जम्मा १५२.२५ मिलियन अर्थात् करिब १९ अर्ब ९६ करोड रुपैयाँ बजेटरी सहायता प्राप्त गरेको छ।

अर्कोतर्फ सरकारमाथि वित्तीय व्यवस्थापन अर्थात् सार्वजनिक ऋणको दबाब समेत परेको छ। सरकारले पूँजीगत खर्चभन्दा सार्वजनिक ऋणको सावाँ–ब्याजको भुक्तानीमा बढी खर्च गर्नुपरेको छ।

पुस मसान्तसम्म आन्तरिक र बाह्य गरी २३ खर्ब ४७ अर्ब बढी पुगेकोमा आर्थिक वर्षको ६ महिनामा आन्तरिकतर्फ ५९ अर्ब ३७ करोड साँवा र ३४ अर्ब १९ करोड ब्याज गरी कुल ९३ अर्ब ५६ करोड भुक्तानी गरेको छ। बाह्यतर्फ १८ अर्ब ७ करोड सावाँ र ४ अर्ब ९३ करोड गरी २३ अर्ब १ करोड भुक्तानी गरी सरकारले ६ महिनामा कुल १ खर्ब १६ अर्ब ५८ करोड कुल सार्वजनिक ऋण भुक्तानी गरेको छ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग... बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उ... बिहीबार, असोज ८, २०८३
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ। एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्रा... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्