• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

चालु बजेटको अर्धवार्षिक समीक्षा : उत्साहजनक देखिएन पूँजीगत खर्च

64x64
कल्पना घिमिरे मंगलबार, फागुन १, २०८०  २०:३०
1140x725

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म (६ महिना)मा ५ खर्ब ७३ अर्ब ६३ करोड २९ लाख रुपैयाँ खर्च गरेको छ। यो कुल विनियोजित बजेटको ३२.७५ प्रतिशत मात्रै हो। 

यो ६ महिनामा ३८.८० प्रतिशत चालु खर्च भएको छ भने १६.७० प्रतिशत पूँजीगत खर्च भएको छ। यस्तै २६.०६ प्रतिशत वित्तीय व्यवस्थापन खर्च भएको छ। १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ कुल बजेट विनियोजन गरिएकोमध्ये जसमध्ये पूँजीगत (विकास खर्च) खर्चतर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएको थियो।

यस्तै चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएको थियो।

जसअनुसार सरकारले चालू वर्षको ६ महिनामा गरेका खर्चमध्ये पूँजीगत खर्च कम देखिन्छ। अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा २१ प्रतिशतले कम पूँजीगत खर्चका लागि बजेट विनियोजन गरेको थियो। गत वर्ष ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पूँजीगत खर्च विनियोजन गरिएको थियो।

सोमबार चालु आर्थिक वर्ष  २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चालु खर्च बढेको तर पुँजीगत खर्च लक्ष्य अनुसार गर्न नसकेको स्वीकार गरे। साथै आगामी दिनमा पूँजीगत खर्चलाई बढावा दिने बताए।

‘पूँजीगत खर्च उत्साह जनक देखिएन। अब चाहिँ पूँजीगत खर्चको रफ्तार बढ्छ। पूँजीगत खर्च कतिपय कार्यविधिका कारण कतिपय वातावरणीय अध्ययन नभएर वा ठेक्का लगाउन नसकेको कारणले हामीले समय अवधि थप्नुपर्‍यो। यी सबै कारणले पूँजीगत खर्च एथेष्ट हुन नसकेको हो, आउने दिनमा बढ्नेछ। विदेशी सहयोगमा आउने आयोजनाहरुमा पनि खर्च बढ्ने संकेत देखिएको छ,’ मन्त्री महतले भने।

चालु वर्षको कुल बजेटमध्येबाट घटाएर १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुने गरी संशोधित गरेको छ। चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आम्दानी र खर्चको मूल्याङ्कनको आधारमा बजेटको लक्ष्य घटाएको बताए।

जसमध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत, चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत र  वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ। 

Ncell 2
Ncell 2

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक 
पूँजीगत खर्च घटाएका अर्थमन्त्री महत अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको दाबी गर्छन्। 

कठिन परिवेशमा आफूले अर्थमन्त्रीको जिम्मेवारी लिएको भन्दै उनी आफू आएपछि अर्थतन्त्रले सकारात्मक लय समाएको बताउँछन्। उनले आर्थिक सुधारको विषयमा तत्काल परिणाम ननिस्किने भन्दै अहिले सार्वजनिक भएका सबै अर्थतन्त्रका सूचक सकारात्मक रहेको बताए।

‘सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि वृद्धि हुने सरकारको अपेक्षा छ। बजेट पद्धतिलाई चुस्त बनाउन अझै केही समय लाग्छ। सूचक सकारात्मक बन्दै गए पनि सरकारको लक्ष्य अनुसार छैन। मूल्यवृद्धि सरकारको लक्ष्यभन्दा पनि कममा आएको भन्दै मूल्यवृद्धि नियन्त्रणमा रहेको छ,’ मन्त्री महतले भने, ‘कर्जा प्रवाहमा नहुने चिन्ता भए पनि आगामी दिनमा कर्जा वृद्धि हुनेछ। आयातमा गैरभन्सार चुहावटको भएको हुन सक्छ।’

ईभी प्रमोसनमा जाँदा राजस्व घट्यो
सरकारको समग्र खर्च ३२.५७ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको ६ महिनाको राजस्वको लक्ष्य ६ खर्ब ६८ अर्ब १६ करोड उठाउने लक्ष्य लिएको थियो। चालु आर्थिक वर्षको ६ महिनामा मुस्किलले ५ खर्ब १५ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ।

यो कूल राजस्व संकलन लक्ष्यको ७७.४ प्रतिशत रहेको छ, यो गत वर्षको तमुलनामा ६.५४ प्रतिशतले बढी हो।

इन्धनमा आयातित गाडी अहिले ईभी प्रमोसनमा जाँदा धेरै कर घटेको भन्दै महत्वपूर्ण भाग आयातमा राजस्व एकदमै कम भएको मन्त्री महत बताउँछन्।

‘राजस्व वृद्धिदर ९.६७ प्रतिशत रहेको छ यो राम्रो हो। तर विद्युतीय सवारी साधनलाई प्रामोसन गर्दा राजस्वमा गिरावट आएको छ। इन्धनमा आधारित सवारी साधनहरु आयातमा ३ सय प्रतिशतसम्म कर लगाउने गरेका थियौं। अहिले विद्युतीय सवारी साधनलाई प्रामोसन गर्ने निर्णय गरौं। अब ग्रिन अर्थतन्त्रमा जाने भनेर विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न कर धेरै घटायौं,’ उनले भने। 

जसअनुसार आर्थिक वर्षभरि १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ कसै गरे पनि उठाउन नसकिने देखिएको छ।

वैदेशिक सहायता लक्ष्य बाहिर
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आन्तरिकतर्फ १ खर्ब २८ अर्ब ३१ करोड र बाह्यतर्फ जम्मा ५९ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ बराबरको मात्र आर्थिक सहायता प्राप्त भएको छ। वैदेशिक सहायतामध्ये २० अर्ब २७ करोड ८६ लाख रुपैयाँ अनुदान र ३९ अर्ब ७० करोड रुपैयाँ ऋण सहायता प्राप्त भएको छ। 

अघिल्लो वर्षको तुलनामा यस्तो ऋण तथा आर्थिक सहायता अघिल्लो वर्षको भन्दा पनि ५० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष अनुदान र ऋण गरी १ खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ बराबरको आर्थिक सहायता यसै अवधिमा प्राप्त भइसकेको थियो।

बजेट खर्च गर्ने स्रोतकै रुपमा चालु आर्थिक वर्षका लागि सरकारले आन्तरिकसँगै बाह्य ऋण तथा अनुदान सहायतालाई पनि मुख्य आधारको रुपमा लिएको थियो। तर लक्ष्यअनुसार प्राप्त नहुँदा बजेट खर्च घटाउनु पर्ने देखिएको छ। सरकारले चालु आर्थिक वर्षमा आन्तरिकतर्फ २ खर्ब ४० अर्ब रुपैयाँ र वैदेशिकतर्फ (ऋण तथा अनुदान गरी) २ खर्ब ६२ अर्ब ६९ करोड २१ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको थियो। 

पूँजीगत खर्चभन्दा सार्वजनिक ऋणको सावाँ-ब्याजको भुक्तानीमा बढी खर्च 
सरकारलाई एसियाली विकास बैंकबाट एक सय मिलियन अमेरिकी डलर र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ५२.२५ मिलियन अमेरिकी डलर गरी जम्मा १५२.२५ मिलियन अर्थात् करिब १९ अर्ब ९६ करोड रुपैयाँ बजेटरी सहायता प्राप्त गरेको छ।

अर्कोतर्फ सरकारमाथि वित्तीय व्यवस्थापन अर्थात् सार्वजनिक ऋणको दबाब समेत परेको छ। सरकारले पूँजीगत खर्चभन्दा सार्वजनिक ऋणको सावाँ–ब्याजको भुक्तानीमा बढी खर्च गर्नुपरेको छ।

पुस मसान्तसम्म आन्तरिक र बाह्य गरी २३ खर्ब ४७ अर्ब बढी पुगेकोमा आर्थिक वर्षको ६ महिनामा आन्तरिकतर्फ ५९ अर्ब ३७ करोड साँवा र ३४ अर्ब १९ करोड ब्याज गरी कुल ९३ अर्ब ५६ करोड भुक्तानी गरेको छ। बाह्यतर्फ १८ अर्ब ७ करोड सावाँ र ४ अर्ब ९३ करोड गरी २३ अर्ब १ करोड भुक्तानी गरी सरकारले ६ महिनामा कुल १ खर्ब १६ अर्ब ५८ करोड कुल सार्वजनिक ऋण भुक्तानी गरेको छ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्र... बुधबार, माघ ७, २०८२
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासं... सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्