• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अर्थतन्त्रको स्थिति: बाह्य क्षेत्रमा सुधार, आन्तरिक अर्थतन्त्र सुध्रिएन

64x64
कल्पना घिमिरे बिहीबार, माघ २५, २०८०  ०९:३८
1140x725

काठमाडौं– चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिना (साउनदेखि पुस मसान्तसम्म) मा विदेशी मुद्रा सञ्चिति १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यो अहिलेसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति भएको विज्ञहरु बताउँछन्। 

चालु आर्थिक वर्षको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर कुल विदेशी विनिमय सञ्चिति रहेको थियो। अमेरिकी डलरमा यस्तो सञ्चिति चालू वर्षको असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको थियो भने पुस मसान्तमा १६.९ प्रतिशतले वृद्धि भई १३ अर्ब ६९ करोड पुगेको छ।

२०७८/०७९ को पहिलो ६ महिनामा चालु खाता घाटा ३ खर्ब ५४ अर्ब पुग्दा शोधनान्तर घाटा २ खर्ब ४१ अर्ब नाघेको थियो। २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब रहेको विदेशी विनिमय सञ्चिति ६ महिनामै १६.७ प्रतिशतले घटेर करिब ११ खर्ब ६६ अर्ब पुगेको थियो। 

यस्तै दुई वर्षदेखि नियन्त्रण बाहिर रहेको मूल्यवृद्धि पछिल्लो तीन महिनायता लगातार मौद्रिक नीतिको लक्षित सीमा भित्रै रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार देशको अर्थतन्त्रका धेरैजसो सूचक सुधारात्मक लयमा गएको देखिन्छ।

आयात प्रतिबन्ध र कसिलो मौद्रिक नीतिका कारण आयातमा गिरावट आएको छ। बढ्दो रेमिट्यान्सको कारण विदेशी मुद्रा सञ्चिति पुनः बढेर अहिलेसम्मकै उच्च हुन पुगेको विज्ञहरुको भनाइ छ। अहिलेकै अवस्थामा आयात हुँदा पनि एक वर्षभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति पुगेको छ।

२०७८/०७९ मा चालु खाता घाटा ६ खर्ब २३ अर्ब पुगेको थियो भने शोधनान्तर घाटा २ खर्ब ५५ अर्ब पुग्यो। तर चालु खाता पनि चालु आवको सुरुवातदेखि नै बचतमा छ भने शोधनान्तर बचत ६ महिनामै करिब पौने ३ खर्ब पुगेको छ। २०७२/०७३ यता लगातार घाटामा रहँदै आएको चालु खाता चालु आव ६ महिनामै १ खर्ब ६५ अर्बले बचतमा पुगेको छ। शोधनान्तर स्थिति २०७९ असोज यता लगातार बचतमा देखिएको छ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीति क्रमशः खुकुलो बनाउँदै लैजाँदा २०७९ माघ र फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको कर्जाको औसत ब्याजदर २०८० पुस मसान्तमा आउँदा ११.३८ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

तर, देशको बाह्य अर्थतन्त्रको सुधार भएको देखिए पनि सरकारको पूँजीगत खर्चमा देखिएको निराशाजनक अवस्था र ब्याजदर घटेको बेलासमेत कर्जा विस्तार हुन नसक्दा देशको आन्तरिक अर्थतन्त्र सुधार हुन नसकेको अर्थविद् केशव आचार्य बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘अर्थतन्त्रलाई दुई पाटोबाट हेर्दा विदेशी अर्थतन्त्रसँग सम्बन्धित पाटोहरुमा निरन्तर सुधार भइरहेको छ। विप्रेषण आय बढिरहेको छ। विदेशी मुद्रा सञ्चिति बढिरहेको छ। शोधानान्तर स्थिति चालू खाता बचतमै छ। व्यापार घाटा घटेको छ। झट्ट होर्दा यो राम्रो हो तर यता ब्याजदर पहिलाको तुलनामा क्रमश: घट्ने क्रममा छ। बैंकको बैंकदर घट्दो अवस्थामा छ। बैंकहरुसँग पर्याप्त मात्रामा तरलता छ। तर कर्जा प्रवाह हुन सकेको छैन,’ उनले भने।
 
यस्तै मुद्रास्फीतिको वृद्धिदर एकदम कम, लक्ष्य ६.५ प्रतिशत भनेकोमा ५ प्रतिशत सवा ५ प्रतिशतमा रहेको र हेर्दा सुधार दखिएको उनको भनाइ छ। तर ठूलो परिमाणमा तरलता बैंकहरुसँग हुँदा र ब्याजदर घट्दा पनि निजी क्षेत्रलाई जाने पर्ने कर्जा प्रवाह हुन नसक्नु दुःखद रहेको उनी बताउँछन्। त्यस कारण बैंकहरुमा निक्षेपको वृद्धिदर कर्जाको वृद्धिदरभन्दा माथि रहेको उनको भनाइ छ।  

‘बैंकबाट कर्जा गइरहेको छैन। यो भनेको हाम्रो नेपालको निजी क्षेत्र विश्वासको एकदमै ठूलो संकटमा छ। लगानी गर्न हिच्किचायो। किनभने, लगानी गरेँ भने म सुरक्षित छु कि छैन। मलाइ नाफा आउँछ कि आउँदैन भन्ने हिसाब निजी क्षेत्रले देखायो। त्यसले गर्दा अर्थतन्त्रको अरु पाटो विदेश जाने रोजगारी बढेको छ। तर आन्तरिक अर्थतन्त्रले रोजगारी विस्तार गर्न सकेको छैन,’ उनले भने। 

जति लगानी छ, त्यो व्यापारमा मात्रै रहेको र पछिल्लो समय सेयर बजारमा अलिअलि लगानी सुरुवात भएको उनको भनाइ छ। व्यापार व्यवसाय र घरजग्गा कारोबार ठप्प रहँदा पनि देशको आन्तरिक अर्थतन्त्र सुधार हुन नसकेको उनको दाबी छ।

‘सानासान चिया पसल, होटल, रेस्टुरेन्ट, किराना पसलहरुमा पहिला जस्तो व्यापार छैन। आम्दानी छैन। मुल सडकमा सटर बन्द छ। हाम्रो अर्थतन्त्र खण्डित भयो। बाह्य क्षेत्र सुधार देखियो। त्यसको प्रभाव आन्तरिक अर्थतन्त्रमा पर्न सकेन। सरकारले राजस्व  राम्ररी उठाउन सकेको छैन। आयात घटिरहेको छ। पूँजीगत खर्च गर्न सकिरहेको छैन,’ उनले भने।  

अर्थतन्त्र सुधार गर्नका लागि सरकारले निजी क्षेत्रलाई लगानी गर्न विश्वासको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ। यस्तै सरकारले पनि पूँजीगत खर्च बढाउनु पर्ने उनी बताउँछन्।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार ९... मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । मंगलबार, असोज ६, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व मन्त्रालयले सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिएको छ । दाहाल यसअघि बजेट महाशाखामा कार्यरत थिए । लुम्बिनी प्रदेशब... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्