एजेन्सी– पूर्वी रुवाण्डाको नदीमा डुङ्गा पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन्।
रुवामागाना जिल्लाको मुगेसेरा नदीमा शुक्रबार साँझ डुङ्गा दुर्घटना भएको हो। किसानहरू न्गोमा जिल्लाको रुकुम्बेरी क्षेत्रमा लगाइएको बाली काटेर रवामागाना जिल्ला जाँदै गर्दा डुङ्गा पल्टिएको बताइएको छ।
जहाजमा ४६ जना यात्रु रहेको बुझिएको थियो। शनिबार बिहानसम्म ११ जनाको शव निकालिएको छ भने ३१ जनाको उद्धार गरिएको जिल्लाका मेयर रदजब म्बोन्युमुवुनीले पत्रकारहरूलाई जानकारी दिएका छन्।
अझै चार जनाको खोजी जारी रहेको छ। एमबोन्युमुवुनीले दुर्घटनाको कारण ओभरलोड भएको बुझिएको छ।
किसानहरू बाली स्यारेर फर्किएकाले डुङ्गामा मकै, सिमीलगायतका कृषि उपजको भारी रहेको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।