एजेन्सी– मंगोलियाको राजधानीमा ग्यास विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ।
मङ्गोलियाको राजधानीमा बुधबार ६० टन ग्यास बोकेको एउटा ट्याङ्कर विष्फोट हुँदा ६ जनाको मृत्यु भएको हो।
कम्तीमा १४ जना घाइते भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाएको छ। पूर्वी जिल्ला बायानजुर्खको सडकमा दुर्घटना भएको थियो।
यसका साथै विष्फोटका कारण करिब ३० सवारी साधन जलेका छन्। घटनास्थलबाट नजिकका धेरै भवनहरू आंशिक रूपमा ध्वस्त भएका छन्। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।