• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

मुलुकभर सवा ९ लाख आर्थिक प्रतिष्ठान

64x64
नेपाल लाइभ बिहीबार, भदौ २८, २०७५  १२:३९
1140x725

काठमाडौं– केन्द्रीय तथ्यांक विभागले गरेको सर्भे (गणना) ले मुलुकभर सबा ९ लाख आर्थिक इकाई (प्रतिष्ठान) रहेको देखाएको छ। विभागले गरेको ‘प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५’ अनुसार मुलुकभर ९ लाख २२ हजार ४ सय ४५ प्रतिष्ठानले आर्थिक गतिविधि गरिरहेको तथ्य सार्वजनिक गरेको हो। 

विभागले २ महिना लगाएर गरेको आर्थिक गणनाको प्रारम्भिक प्रतिवेदन बिहीबार सार्वजनिक गरेको हो । विभागले गत १ वैशाखदेखि जेठ मसान्तसम्म यस्तो गणना गरेको थियो । 

प्रदेश ३ सबैभन्दा बलियो, कर्णाली कमजोर 
विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार सबैभन्दा धेरै आर्थिक गतिविधि प्रदेश ३ मा हुने देखाएको छ । उक्त प्रदेशमा २ लाख ८२ हजार ५६ आर्थिक इकाई छन् । कर्णाली प्रदेशमा सबैभन्दा कम आर्थिक गतिविधि हुने पनि प्रतिवेदनले देखाएको छ । उक्त प्रदेशमा ४२ हजार ८ सय १७ आर्थिक इकाई रहेको प्रतिवेदनमा उल्लेख छ । 

यसैगरी प्रदेश १ मा १ लाख ६८ हजार ४ सय ३४, प्रदेश ५ मा १ लाख ४७ हजार ८ सय ९२, प्रदेश २ मा १ लाख १७ हजार ५ सय ८८, प्रदेश ४ मा १ लाख ६ सय ८८ र प्रदेश ७ मा ६२ हजार ९ सय ७० आर्थिक इकाई रहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । 

जिल्लागत हिसाबमा सबैभन्दा धेरै आर्थिक इकाई काठमाडौंमा रहेको उल्लेख छ। काठमाडौंमा १ लाख २३ हजार ९ सय ९४ आर्थिक इकाई छन्। जबकि कर्णाली र प्रदेश ७ जोड्दा कुल आर्थिक इकाई १ लाख ५ हजार ८ सय १७ पुग्छ। 

३४ लाख मानिस आर्थिक गतिविधिमा संलग्न 
विभागले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार मुलुकभर ३४ लाख ८ हजार ७ सय ४६ मानिस सक्रिय रुपमा आर्थिक गतिविधिमा संलग्न छन् । यसको अर्थ उक्त संख्या आर्थिक प्रतिष्ठानमा संलग्न जनशक्ति हो । 

प्रदेश नम्बर ३ मा सबैभन्दा धेरै ११ लाख ९० हजार र कर्णालीमा सबैभन्दा कम १ लाख ३२ हजार जनसंख्या आर्थिक प्रतिष्ठानमा जोडिएका देखिएको छ । 
आर्थिक गतिविधिमा महिलाको तुलनामा पुरुष नै बढी सक्रिय रहेको प्रतिवेदनले देखाएको छ । 

आर्थिक गतिविधिमा संलग्न जनशक्तिमध्ये पुरुषको संख्या २० लाख ४४ हजार ९ सय ८५ र महिलाको संख्या १३ लाख ६३ हजार ७ सय ५७ छ । 

Ncell 2
Ncell 2
nimb
nimb

एउटा प्रतिष्ठानमा औसत ४ जना

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रति एक हजार जनसंख्यामा ३१ दशमलव ६ जना आर्थिक प्रतिष्ठानमा संलग्न रहेको देखाएको छ। त्यस्तै, प्रति प्रतिष्ठान जनसंख्या हिस्सा ३१ दशमलव ७ जना रहेको छ । 

यसैगरी प्रति प्रतिष्ठानमा औसत ३ दशमलव ७ जना व्यक्ति संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ। यस्तो हिस्सा प्रदेश ३ मा ४ दशमलव २ छ भने कर्णालीमा ३ दशमलव १ रहेको छ। 
प्रतिवेदनअनुसार प्रति वर्गकिलोमिटर प्रतिष्ठान घनत्व ६ दशमलव ३ प्रतिशत छ । 

के हुन् आर्थिक प्रतिष्ठान? 
विभागले नेपालमा सञ्चालित कृषि, वन तथा माछापालन व्यवसाय (दर्ता भएका मात्र), खानी तथा उत्खनन्, औद्योगिक उत्पादनहरू विद्युत, ग्यास, वाफ तथा वातानुकुलित आपूर्ति, पानी तथा आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा प्रशोधन क्रियाकलाप, निर्माण, थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत, यातायात तथा गोदाम, आवास सुविधा तथा खाना व्यवस्थाका क्रियाकलाप, सूचना तथा सञ्चार, वित्तीय तथा बीमासम्बन्धी गतिविधि, घरजग्गा कारोबारका गतविधि लगायतका क्रियाकलाप गर्नेलाई आर्थिक प्रतिष्ठान मानेको छ । 

Xtrem

Xtrem

त्यस्तै, पेसागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप, प्रशासनिक तथा सहयोगी क्रियाकलाप, शिक्षा, मानव स्वास्थ्य तथा सामाजिक कार्य, कला, मनोरञ्जन तथा मनोविनोद क्रियाकलाप र अन्य सेवा क्रियाकलाप सञ्चालन गर्नेलाई पनि प्रतिष्ठान मानेर गणना गरेको छ । 

विभागले त्यस्ता गतिविधि गर्ने प्रतिष्ठानबाट ठेगाना, मुख्य क्रियाकलाप, रोजगार, पूँजी लगानी, ऋणमा पहुँच, रोजगारी, औसत बिक्री तथा आम्दानी, औसत मासिक खर्च, तलब, ज्याला खर्च लगायतका विवरण संकलन गरेको थियो । 

जाइकामार्फत जापान सरकारको प्राविधिक सहयोगमा विभागले पहिलोपटक यस्तो गणना गरेको हो । 

विभागका महानिर्देशक भन्छन् – यो राष्ट्रिय गौरव हो 
विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल अब आर्थिक गणना गर्ने मुलुकको सूचीमा दर्ज भएको बताए । ‘हामीले पहिलोपटक आर्थिक गणना गरेर नयाँ इतिहास कायम गरेका छौं,’ उनले भने, ‘आगामी दिनमा आर्थिक नीति निर्माणका लागि यो महत्वपूर्ण दस्तावेज हुनेछ ।’

उनले आर्थिक गणनाले भविष्यमा मुलुकको आर्थिक स्थितिको वस्तुगत विश्लेषण गर्न सहयोग मिल्ने दावी गरे। ‘दक्षिण एसियामै आर्थिक गणना गर्ने मुलुकमा भारत, श्रीलंकापछि नेपाल भएको छ,’ उनले भने, ‘यो राष्ट्रिय गौरवको विषय हो।’

आर्थिक गणनाले वडा तहसम्मलाई छोएको उल्लेख गर्दै उनले आगामी दिनमा मुलुकको वित्तीय संघीयतालाई अघि बढाउन यस्तो गणनाले महत्वपूर्ण भूमिका खेल्ने अर्यालले बताए। 
राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले आर्थिक गणनाले आगामी दिनमा दीर्घकालीन लक्ष्यसहितको योजना तर्जुमा गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। आयोगकै सहसचिव खोमराज कोइरालाले आयोगलाई आगामी दिनमा आवधिक योजना तयार गर्न आर्थिक गणना महत्वपूर्ण हुने धारणा राखे। 

नेपालस्थित जापानी दूतावासका प्रतिनिधि सिन्या माचिदाले यो गणनाले आगामी दिनमा जापानका लगानीकर्ताका लागि लगानी गर्नका लागि उपयुक्त स्थान र क्षेत्र पहिल्याउन सहज हुने बताए।
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  १२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा बिहीबार, असोज ८, २०८३
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्