• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

भारतमा २० रुपैयाँ प्रतिकिलो पर्ने प्याज नेपालमा किन १२० रुपैयाँ?

64x64
कल्पना घिमिरे सोमबार, पुस १६, २०८०  २०:४०
1140x725

काठमाडौं– दुई साताअघि होलसेलमै प्रतिकिलो १५० रुपैयाँ पुगेको भारतीय प्याज पछिल्लो समयमा मूल्य घटेर प्रतिकिलो अधिकतम ८५ रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

पुस १६ गते कालीमाटी बजारमा भारतीय प्याजको न्यूनतम मूल्य प्रतिकिलो ७५ रुपैयाँदेखि अधिकतम ८५ रहेको छ। यस्तै चाइनिज प्याजको मूल्य प्रतिकिलो न्यूनतम ६५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ रहेको छ।

दुई साताअघि खुद्रा बजारमा प्रतिकिलो दुई सय रुपैयाँसम्ममा बिक्री भएको प्याजको मूल्य अहिले घट्न थालेको छ। अहिले खुद्रा बजारमा भारतीय प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँसम्म पुगेको पाइएको छ।

भारतले निर्यातमा बन्देज लगाएपछि व्यवसायीले चीनबाट आयात सुरु गरेका छन्। खुला सीमाका कारण केहीले भारतबाटै अवैध रूपमा प्याज भित्र्याएका कारण पनि प्याज सस्तो भएको व्यवसायीहरु बताउँछन्।

अहिले भारतीय बजारमा प्याज प्रतिकिलो २० देखि २२ रुपैयाँसम्ममा पाइन्छ। सोही प्याज नेपाल ल्याउँदा प्रतिकिलो होलसेल ८५ रुपैयाँदेखि खुद्रा १२० रुपैयाँसम्म मूल्य रहेको छ। भारतमा सस्तो भए पनि नेपालमा निर्यात प्रतिबन्ध गरिएकाले फरक बाटो हुँदै आयात गर्दा लागत बढ्नेहुँदा प्याज भारतको तुलनामा महँगो भएको आलुप्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेल बताउँछन्।

चीनबाट प्याज भित्रिएर मूल्य घटेको होइन
चीनबाट प्याज भित्रिएर मूल्य घटेको नभएर भारतबाट ठूलो परिमाणमा प्याज भित्रिएकाले मूल्य घट्न थालेको कालीमाटी तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठ बताउँछन्।

‘प्याज ९९ प्रतिशत आयात हुने गर्दछ। आयातमा अवरोध हुँदा बजार भाउ बढ्ने हो। पछिल्लो समय आपूर्ति सहज हुँदै गएको छ। बजारमा प्याज आएको छ। भारतले निर्यातमा रोक लगाए पनि व्यापारीको सम्पर्कबाट आयात भइरहेको छ। भारतीय बजारमा प्याज खपत कम भएकाले कारण प्रतिबन्धित भए पनि व्यापारीको सम्पर्कबाट आयात भइरहेको छ,’ उनले भने।

चीनबाट आयात भएको प्याज साइज, स्वाद र रङको हिसाबले माग कम रहेकाले आयातको हिस्सा पनि न्यून रहेको श्रेष्ठको भनाइ छ। ‘चाइनिज प्याजमा पानीको मात्रा बढी हुन्छ। स्वाद पनि फरक किसिमको पाइन्छ। नेपाली भान्सामा भारतीय प्याज रोजाइमा पर्छ। त्यसैले चाइनिज प्याजको माग  कम छ। आयातको हिस्सा पनि सानो परिमाण मात्रै हो,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

पुस १ गतेदेखि १६ गते बिहानसम्म कालीमाटी तरकारी बजारमा करिब ६४० टन प्याज भित्रिएको र त्यसमध्ये २५ टन चीनबाट भित्रिएको श्रेष्ठको भनाइ छ। ‘कालीमाटी बजारमो करिब ५ प्रतिशत चिनियाँ प्याज भित्रिएको छ। देशैभर कति आयो भन्ने तथ्यांक हामीसँग छैन। र भारतबाट पनि सहजै आइरहेको छ। भारतीय बजारमै अहिले प्याजको मूल्य घटेको र नेपालमा प्याजको खपत कम हुने पौष महिना लागेका कारण अझै मूल्य घट्ने सम्भावना पनि छ,’ उनले भने।

नेपाली प्याज कञ्चनपुरदेखि झापासम्मका तराईका जिल्लामा वार्षिक करिब ३ लाख टन उत्पादन हुन्छ। तर स्वदेशी उत्पादनले स्वदेशी माग तीन महिना पनि धान्न नसक्दा आयातमै निर्भर हुनुपर्ने अवस्था रहेको श्रेष्ठ बताउँछन्।

मूल्य अभिवृद्धि कर लगाएपछि बढेको थियो मूल्य 
सरकारले बजेटमार्फत् मूल्य अभिवृद्धि कर (१३ प्रतिशत भ्याट) लगाएपछि व्यवसायीहरुले त्यसको विरोध गर्दै आइरहेका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् आयातित आलु र प्यााजमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरिएको थियो। जसअनुसार स्वदेशमै उत्पादित आलु र प्याजमा पनि भ्याट लाग्ने भएको भन्दै गत मंसिर १९ देखि केही दिन प्याजको कारोबार बन्द गरी बिरोधमा उत्रिए।

त्यही मौका पारेर भारतले मंसिर २२ गतेदेखि लागू हुने गरी प्याज निर्यातमा बन्देज लगाइदियो। पछिल्लो समय भारतको महाराष्ट्र, राजस्थानलगायत क्षेत्रमा प्याजको उत्पादन घटेको र आन्तरिक बजारमा प्याजको मूल्य बढेको भन्दै निर्यात प्रतिबन्ध गरेको थियो। निर्यात प्रतिबन्ध गरेको मौका छोपेर यता व्यापारीले पुरानो स्टक प्याजको मूल्य होलसेलमै प्रतिकिलो १५० रुपैयाँसम्म पुर्‍याए। खुद्रा बजारमा बजारमा भने प्रतिकिलो २ सयसम्म पुग्यो।
 
भारतीय प्याजको मूल्य आकाशिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनबाट प्याज ल्याउन व्यवसायीसँग छलफल गरेको थियो। गत पुस ७ देखि चीनबाट पनि आयात भएको तथ्यांकमा उल्लेख छ। सोही दिन चीनबाट ल्याएको प्याजको मूल्य प्रतिकिलो ९५ रुपैयाँ तोकिएको थियो भने भारतीय प्याजको मूल्य पनि घटेर ११० रुपैयाँ तोकिएको थियो।

Xtrem

Xtrem

त्यसयता भारतबाट सहजै आयात भएको र चीनबाट पनि प्याज आयात भइरहेको तथा खपत कम भएका कारण प्याजको मूल्य घटेको आलुप्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेल बताउँछन्। यस्तै दुई साताअघि भारतमा प्याजको मूल्य बढेको र अहिले प्याज सस्तो भएका कारण नेपालमा मूल्य घटेको उनको भनाइ छ।

‘अहिले ५० देखि एक सय टनसम्म प्याज भित्रिएको छ। भारतले निर्यात बन्देज गरे पनि खुला सीमा भएका कारण सहजै रुपमा प्याज आयात भइरहेको देखिन्छ। एक सातामा चीनबाट १ सय टनभन्दा बढी आयात भएको छ। चीनबाट पनि आउन थालेपछि र अहिले प्याज खपत कम हुने सिजन भएकाले बजारमा प्याजको माग घट्न थालेसँगै मूल्य घटेको हो,’ गजुरेलले भने।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
परिवारभित्रको पर्व जितिया आइतबार, असोज १८, २०८३
मोइन अलीले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने आइतबार, असोज १८, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४७ जनालाई कारबाही आइतबार, असोज १८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५६ जनाको शव फेला आइतबार, असोज १८, २०८३
कांग्रेसको १५औं महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्