काठमाडौं– जापानमा ७.४ रेक्टर स्केलको भूकम्प गएको छ। स्थानीय समयानुसार सोमबार साँझ ४:१० बजे उत्तरी मध्य जापान केन्द्र भएर भूकम्प गएको छ।
भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी तटीय क्षेत्र इशिकावा, निगाटा र तोयामा प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरेको छ।
इशिकावा प्रिफेक्चरको नोटोसम्म पाँच मिटरसम्मको सुनामी पुग्ने अनुमान गरिएको मौसम विभागले जनाएको छ।
इशिकावा प्रिफेक्चरको वाजिमा शहरको तटमा एक मिटरभन्दा अग्लो छाल पुगेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।