काठमाडौं– एक व्यक्तिलाई अपहरण गरेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
अपहरण वा कुनै लेनदेन विवाद हो भन्नेबारे अहिले अनुन्धान भइरहेको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।
पीडित व्यक्तिले भने गत मंसिर १० गते आफूलाई अपहरण गरी साढे १३ लाख रुपैयाँ फिरौती लिएर छाडिएको दाबी गरेका छन्। रसुवा घर भएका एक व्यक्तिलाई एउटा समूहले नियन्त्रणमा लिएर रकम लिएको भन्ने बुझिएको प्रहरीले जनाएको छ।
लेनदेन विवाद भए पनि पीडित भनिएका व्यक्तिलाई गरिएको व्यवहार संकास्द देखिएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मुख्य व्यक्ति पक्राउ पर्न बाँकी नै रहेकाले अहिले नै अपहरण हो भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।