मलेसिया(लंकावी)- ६३ देशले सहभागिता जनाएकाे पाटा ट्राभल मार्ट,२०१८ मलेसियाको लंकावीका सुरु भएको छ। प्यासिफिक एसिया ट्राभल एसोसिएसनको आयोजनामा सुरु भएको मार्टमा नेपाल पनि सहभागी छ।
मार्टमा नेपालको प्रतिनिधित्व पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र निजी क्षेत्रको लगायतका पर्यटन प्रवद्र्धनमा सरोकार राख्ने विभिन्न संस्थाको पनि सहभागिता छ। मार्टमा नेपालबाट प्रतिनिधित्व गर्ने सबै संस्थाको सहकार्य रहेको छ।

मार्टमा प्रतिनिधित्व गर्ने नेपाली सहभागीले नेपालको पर्यटन प्रवद्र्धनमा गन्तव्यको प्रचार÷प्रसार गर्नेछन्। साथै मार्टमा सहभागीले निजी पर्यटन व्यवसायीले पर्यटकीय गन्तव्य स्थलको प्याकेज पनि बिक्री गर्नेछन्।
नेपाल सरकारले पर्यटन विकासका लागि सन् २०२० ‘नेपाल भ्रमण वर्ष’ अभियान सञ्चालन गर्दैछ। नेपालको पर्यटन प्रवद्र्धनमा मार्टले उल्लेख्य सहयोग पुग्ने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले बताए।

नेपाल भ्रमण वर्ष अभियानको नारा नै ‘लाईफ टाइम एक्सपेरियन्स’ छ। मार्टमा नेपालले सन् १९७८ देखि सहभागिता जनाउँदै आएको छ। पाटा ट्राभल मार्टको ४१औै संस्करणमा नेपाल ‘पेभिलियन’ अन्र्तगत सक्रिय सहभागिता जनाएको थियो।
मलेसिया सरकारको पर्यटन मन्त्रालयले आयोजना गरेको पाटा ट्राभल मार्ट २०१७ मा नेपालबाट १० वटा निजी क्षेत्र (टुर अपरेटर, ट्राभल र होटल) व्यवसायी सहभागी थिए। मार्टबाट नेपालको पर्यटकीय गन्तव्यको थप ब्रान्डिङ हुने सहभागीको भनाइ छ।

विश्वभरका ट्राभल प्रोफेशनलका बीच नेपालका गन्तव्य तथा नेपालले पर्यटन विकासका लागि गरिरहेको कामको विषयमा समेत छलफल हुने पाटा नेपाल च्याप्टरका बडाल बताउँछन्। अन्तर्राष्ट्रिय स्तरमा हुने यस्तो मार्टले नेपालको पर्यटन विकासमा सहयोग पुग्ने सहभागीले बताए। मार्टले नेपालको पर्यटन क्षेत्रमा रहेको भ्रम चिर्न समेत सहज हुने र गन्तव्यको प्रवद्र्धनमा सहयोग पु¥याएको नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनील शर्माले बताए। मार्टमा ६३ देशको सहभागी छन्।

दुई सय भन्दा बढी कम्पनी तथा संस्था सहभागी भएको मार्टमा ४ सय ६० बिक्रेता र २ सय ८१ वटा संस्था र ५१ स्रोत बजारबाट कुल २ सय ९३ क्रेताबीच व्यापार आदानप्रदान तथा गन्तव्य प्रवद्र्धन गर्न भेटघाट तथा छलफल कार्यक्रमसमेत भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।