काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मलको अभाव हुन नदिन उचित व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
मन्त्री यादवले मलको अभाव भईरहँदा तत्काल उचित व्यवस्था गर्न सम्बन्धित सरकारी निकायलाई सचेत गराएका हुन्। बिहिबार काठमाडौंमा आयोजित साल्ट ट्रेडिङ कर्पोरेसनको ५६औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले मल, ग्याँस र चिनीको अभाव हुन दिन साल्ट ट्रेडिङसहित सम्बन्धित निकायसँग बृहत् छलफल गर्ने योजना पनि अघि सारे।
समृद्ध मुलुक बनाउन सबै एकतावद्ध हुनुपर्नेमा मन्त्री यादवले जोड दिए। मुलुकको आवश्यकता पहिचान गरी समाधानका लागि सरकारसँग सहकार्य गर्ने दायित्व सबैको रहेको उनले स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।