देउखुरी– दाङमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ। घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति टिपरले ठक्कर दिँदा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो।
रा १ क १३०७ नम्बर टिपरले विपरीत दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ को मोटरसाइकलाई ठक्कर दिएको थियो। दुर्घटनामा प्यूठानको झिम्रुक गाउँपालिका–४ बाङे निवासी १७ वर्षीय विशाल जिसी र प्यूठानको नौबहिनी गाउँपालिका–६ लुङ निवासी १८ वर्षीय सागर केसी घाइते भएका थिए।
घाइते भएका दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिए।
टिपरसहित चालक रोल्पाको रुन्टिगढी गाउँपालिका–९ का २६ वर्षीय ईश्वर बुढालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।