फाइल तस्बिर
काठमाडौं– निषेधित क्षेत्र तोड्ने क्रममा मिटरब्याज पीडित र अभियान्ता गरी २८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सरकारद्वारा निषेधित क्षेत्र भद्रकालीबाट माइतीघरतिर जाने क्रममा प्रहरीले प्रक्राउ गरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले जनाएको छ।
‘सार्वजनिक स्थलहरू खोस्नु भनेको लोकतन्त्र खुम्च्याउनु हो। सरकारको गैरजिम्मेवारपूर्ण तथा अधिनायकवादी चरित्रको विरोध गर्दै लोकतान्त्रिक अधिकारको रक्षार्थ निषेधाज्ञा तोड्ने क्रममा नागरिक अगुवा डा सञ्जिव उप्रेती र यस संघर्ष समितिका केन्द्रीय प्रवक्ता निर्ग नवीन लगायतका २८ साथीहरूलाई प्रहरीले प्रक्राउ गरेको छ,’ समितिले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।