प्रतिकात्मक तस्बिर
हेटौँडा– प्रहरीले सुनसहित हेटौँडाबाट २ जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट सुनसहित २ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिंह रहेका छन्।
रातोमाटे चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगन्जबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४५० ग्रामको सुनको सिक्री ९ थानसहित पक्राउ गरिएको हो। यस्तै, ना ५ ख ६२१७ नम्बरको बसमा सवार सिङलाई झोलाभित्र लुकाई ल्याएको करिब ४० ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।