एजेन्सी– गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको संख्या १८ हजार ४ सय पुगेको प्यालेस्टाइनले जनाएको छ।
अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व सुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार ४ सय नाघेको हो।
साथै मंगलबार वेस्ट बैंकको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायली सेनाले मंगलबार जेनिन सहर र यसको शरणार्थी शिविरमा छापा मारेको थियो।
धेरै घण्टासम्म चलेको सैन्य कारबाहीमा ४ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।