नयाँदिल्ली- भारतको तीन वटा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले जित हात पारेको छ। भारतीय निर्वाचन आयोगका अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा विजयी भएको हो। यी तीनै प्रदेशमा कंग्रेस आईको बहुमत थियो। उसले यो पटक यी तीनै प्रदेश गुमाएको छ।
मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६४ सिट जितेको छ भने कंग्रेस आईले ६५ सिट मात्र जितेको छ।
त्यस्तै राजस्थानमा कुल २१५ सिटमध्ये भाजपाले ११५ र कंग्रेस आईले ६९ सिट जितेको छ।
छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५७ र कंग्रेस आईले ३२ सिट जितेको छ।।
तेलंगनामा कुल ११९ सिटमध्ये कंग्रेस आईले ६४ र बीआरएसले ३९ र भाजपाले ८ सिट मात्र जितेको छ।
तीन राज्यमा शानदार जितपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो जितले सन् २०२४ को चुनावमा ह्याट्रिकलाई ग्यारेन्टी गरेको टिप्पणी गरेका छन्। उनले आदिवासी समाजको समस्या समाधान नगरेकोले उनीहरुले कंग्रेसको सफाया गरेको दाबी गरे। आादिवासी समाजले विकासको आकांक्षा राखेको र उनीहरुको माग भाजपा सरकारले मात्र पूरा गर्न सक्ने बताए।
कंग्रेस आईका नेता राहुल गान्धीले निर्वाचन स्वीकार गरेका छन्। उनले जनताको मतलाई स्वीकार गर्ने र विचारको लडाइँ जारी राख्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।