काठमाडौं– भारतका ४ राज्यको विधान सभा निर्वाचनको मतगणना जारी छ। आइतबार बिहानबाट सुरु भएको मतगणनाको प्रारम्भिक रुझानमा भारतीय जनता पार्टी (बीजेपी) मध्यप्रदेश, राजस्थान र छत्तिगढमा अगाडि छ भने तेलांगनामा भारतीय कांग्रेस अघि देखिएको छ।
मध्यप्रदेशका २३० सिटमा बीजेपीले १४३ मा अग्रता लिएको छ। ११६ जितेमा बहुमत पुग्ने उक्त राज्यमा बीजेपीले सरकार बनाउने सम्भावना देखिएको छ। भारतीय कांग्रेसले ७८ सिटमा अग्रता लिएको छ।
यसैगरी राजस्थानको १९९ सिटको विधानसभामा बीजेपी ९८ सिटमा अगाडि छ। कांग्रेसले ७७ सिटमा अग्रता लिएको छ।
यसैगरी छत्तिसगढमा बिधानसभाका ९० सिटमध्ये बीजेपीले ४७ सिटमा अगाडि छ। भारतीय कांग्रेसले ४१ सिटमा अग्रता लिएको छ।
तेलांगानामा ११९ बिधानसभा सिटमध्ये भारतीय कांग्रेस ६८ सिटमा अगाडि छ। सत्तारुढ दल केसीआरले ४३ सिटमा अग्रता लिएर पछ्याइरहेको छ भने बीजेपी ६ सिटमा अगाडि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।