काठमाडौं- अजियाटा समूहको नाममा रहेको ८० प्रतिशत सेयर स्थानीय साझेदार सतिशलाल आचार्यकै कम्पनीले खरिद गरेको छ। अजियाटाले बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले खरिद गरेको जनाएको हो। अजियाटा समूहले विज्ञप्ति जारी गर्दै रेनल्ड होल्डिङको नाममा रहेको सेयर स्पेक्ट्रलाइट यूकेले खरिद गरेको उल्लेख गरेको छ।
बुधबार अजियाटा समूहले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो। व्यावसायिक चुनौती बढेको भन्दै अजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको थियो।
स्पेक्ट्रलाइटका सञ्चालक सतिशलाल आचार्य हुन्। एनसेलमा २० प्रतिशत सेयर भएको सुनिभेरा क्यापिटल भेन्चर प्रालिमा समेत आचार्य परिवारको स्वामित्व छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।