काठमाडौं– इजरायल र हमास बीचको अस्थायी युद्धविरामको क्रममा केही गाजाका बासिन्दाहरू आफ्नो घर फर्केका छन्। तर भग्नावशेष मात्र भेटिएका छन्।
गाजापट्टीको दक्षिणमा रहेको अल–जाहरा छिमेकमा मानिसहरूले भग्नावशेष मुनिबाट केही सामानहरू संकलन गर्ने प्रयास गरिरहेका छन्। युद्धअघि आफूहरु सुरक्षित रूपमा बसेको भए पनि युद्ध सुरु भएपछि भवनहरू ध्वस्त पारेको उनीहरुको भनाइ छ।
इजरायलविरूद्ध हमासले अक्टोबर ७ मा गरेको आक्रमणको बदलामा गाजामा इजरायली हमलाहरूपछि दुई पक्षहरू गत हप्ता ४ दिनको मानवीय युद्धविराममा पुगेका थिए।
इजरायल–हमास द्वन्द्वमा मारिने प्यालेस्टिनीको संख्या १५ हजार नाघेको प्यालेस्टिनले जनाएको छ। इजरायलले हमासको आक्रमणमा करिव १ हजार २०० व्यक्तिको मृत्यु भएको र २०० भन्दा बढी व्यक्तिलाई बन्धक बनाएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।