काठमाडौं– कूटनीतिक वृत्तमा चर्चित अमेरिकी पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन भएको छ।
तत्कालीन अमेरिकी राष्ट्रपतिहरू रिचर्ड निक्सन र जेराल्ड फोर्डको कार्यकालमा किसिन्जर विदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार थिए। उनले सन् १९७३ को शान्तितर्फको नोबेल पुरस्कार जितेका थिए।
अमेरिकाले भियतनाममाथिको निर्मम युद्धको अन्त्य गरी शान्ति स्थापनाका लागि महत्वपूर्ण योगदान गरेको भन्दै उनी सहित भियतनामी कूटनीतिज्ञ ली डक थोलाई एकमुष्ट रुपमा सो पुरस्कार प्रदान गरिएको थियो।
त्यसयताका दशकमा किसिन्जरले मुलत अमेरिका र चीनको सम्बन्ध सुदृढ हुने पर्ने मत राख्दै आएका थिए। त्यसअघि किसिन्जरले राष्ट्रपति निक्सन र चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष माओ त्से तुङबीच भेट गराएका थिए। सो भेटलाई कूटनीतिक वृत्तमा महत्वपूर्ण भेट मानिन्छ। जसले यी दुई देशबीचको असझदारीलाई कम गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।