काठमाडौं- सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। लगातार बढेको सुनको मूल्य बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको हो।
गत सोमबार प्रतितोला एक लाख १७ हजार ४०० मा कारोबार भएको सुन मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधबार प्रतिऔंस २०४७ डलर हाराहारीमा पुगेको छ।
त्यस्तै चाँदीको मूल्य नेपाली बजारमा प्रतितोला १५२० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य २० रुपैयाँले बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।