अंकारा- टर्की प्रहरीले मङ्गलबार उत्तरपश्चिमी इडिर्ने प्रान्तबाट ग्रिस भाग्न खोजिरहेका प्रतिबन्धित समूहका १३ जना संदिग्ध सदस्यहरूलाई पक्राउ गरेको छ।
प्रान्तीय गभर्नरको कार्यालयले जनाए अनुसार प्रान्तको सीमामा लिंगमेरी गस्तीको क्रममा पक्राउ गरिएका संदिग्धहरूमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का पाँच संदिग्ध सदस्यहरू र गुलेन आन्दोलनका आठ संदिग्ध सदस्यहरू रहेका छन्। यो सन् २०१६ मा 'कू' को प्रयास गरेको आरोप लागेको नेटवर्क हो।
टर्किए, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्किए सरकार विरुद्ध विद्रोह गर्दै आएको छ।
अङ्काराले अमेरिकामा रहेका फेथुल्लाह गुलेनलाई सन् २०१६ जुलाई १५ मा भएको कूको योजनाकारको आरोप लगाएको छ। सो षड्यन्त्रमा कम्तीमा २५० मानिस मारिएका थिए।
टर्किए सरकारले ‘कू’ प्रयासपछि सो सञ्जालसँग जोडिएका संदिग्धहरूमाथि व्यापक कारबाही सुरु गरेको छ।
-सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।