काठमाडौं- नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने फिल्म ‘फर्की फर्की’ शुभमुहूर्त सम्पन्न भएको छ। ललितपुरको बंगलामुखी माई मन्दिरमा शुक्रबार बिहान फिल्मको शुभसाइत गरिएको हो। फिल्मको छायांकन मंसिर ११ गतेबाट पोखरामा सुरु हुनेछ। यो फिल्मलाई आउँदो वर्षको जेठ ११ गतेबाट रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ।
यो फिल्मलाई रोहित अधिकारी र ओम अग्रवालले मिलेर निर्माण गर्दैछन्। फिल्ममा सुयोग गुरुङको निर्देशन रहनेछ। फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन्। यस्तै, फिल्मका कार्यकारी निर्माता अनीरुद्र गिरी छन्।
फिल्ममा अनमोल र जसिताको साथमा कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे र प्रेम पाण्डेको मुख्य भूमिका रहनेछ।
यस्तै यो फिल्ममा रवि काफ्ले र समृद्धि अर्यालले नायक-नायिकाको रुपमा डेब्यू गर्दैछन्।
फिल्ममा नरेन्द्र मैनालीको डीओपी, अष्ट महर्जनको एक्सन, सुयोग गुरुङको कथा तथा पटकथा, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहने पक्का भैसकेको छ।
फिल्म ‘फर्की फर्की’मा प्रोडक्सन हेडको रुपमा शंकर पाण्डे रहेका छन्। फिल्ममा काफिया फिल्मस्, कुवेर फिल्मस् र एमएसएम इन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।