• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

प्रदेश ७ : बजेट विनियाेजन भए पनि कार्यान्वयनमा अन्याेल

64x64
नेपाल लाइभ मंगलबार, भदौ २६, २०७५  ०६:०४
1140x725

धनगढी– प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०७५/७६ को बजेट तथा वार्षिक कार्यक्रममा ‘कोसेली घर निर्माण सहयोग’ भन्ने शीर्षक र बजेट उल्लेख रहेको छ, तर कहा“ कार्यान्वयन गर्ने भन्ने उल्लेख छैन।

प्रदेश सरकारको अर्को मन्त्रालय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि शीर्षक अन्तर्गत माटो शिविर सञ्चालन, ९ वटै जिल्लाको १८ स्थानीय तहमा माग अनुसार उल्लेख छ। 

प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५/७६ को बजेटमा प्रत्येक मन्त्रालयलाई शीर्षकमात्र उल्लेख गरेर बजेट विनियोजन गरेको थियो। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पेस गरेको चालू आर्थिक वर्षको वार्षिक बजेटमा शीर्षक र रकम मात्र उल्लेख गरिएको छ।

यो बजेट पेस भएको दुई महिना पुग्न लाग्दा पनि कुनै पनि मन्त्रालयले कार्यक्रमलाई पूर्णता दिन सकेका छैनन्।प्रदेश ७ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत भोजराज पाठकले भने, ‘हामी अहिले कार्यक्रमलाई पूर्णता दिने तयारीमा लागेका छौँ।’ उनका अनुसार बजेट वक्तव्यमा कार्यक्रमको शीर्षक र बजेट तोकिए पनि कार्यक्षेत्र तोकिएको थिएन। 

शाखा अधिकृत पाठकले मन्त्रालयकै बजेट ‘डल्लो’जस्तो भएपछि प्रदेशका संघ/संस्था, स्थानीय तह, प्रदेश सभा सदस्यहरूबाट आएको निवेदनका आधारमा बजेट कार्यक्रम बा“डफाड गरिरहेको बताए। उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा २ हजार बढी योजनाहरूको निवेदन परेको जनाइएको छ। उनका अनुसार मन्त्रालयमा पर्यटन प्रवद्र्धनमा बढी योजनाका लागि निवेदन परेका छन्।

वन मन्त्रालयमा कुल १ अर्ब ५३ करोड रकम विनियोजन गरिएको थियो। त्यसमा कार्यक्रम उल्लेख भए पनि कुन क्षेत्रमा सञ्चालन गर्ने भन्ने उल्लेख नभएको र बजेट पनि यकिन नभएको शाखा अधिकृत पाठकले बताए । 

प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले मन्त्रालयमा अहिलेसम्म ४ सय बढी निवेदन पेस भइसकेको र निवेदन आउने क्रम जारी रहेको बताए।

 उनले सामाजिक विकास मन्त्रालयमा बढीजसो विद्यालयको भवन सुदृढीकरण, स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर, शहरी तथा गाउ“ स्वास्थ्य चौकीका योजनाहरूको माग बढी आइरहेको जानकारी दिए। 
सूचना अधिकारी खड्काका अनुसार मन्त्रालयमा आएका निवेदनको अध्ययन गरी सचिवस्तरिय निर्णयबाट पारित गरेर अर्थ मन्त्रालयमा पठाइने छ। प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेटमा सामाजिक विकास मन्त्रालयलाई ३ अर्ब ७२ करोड ७४ लाख रकम विनियोजन गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी महेश जोशीले मन्त्रालयमा योजनाका निवेदन आइरहेको, तर के कति आए भन्ने यकिन नभएको बताए। उनका अनुसार सुरुमा दैनिकजसो योजनाका फाइल लिएर विभिन्न क्षेत्रका मान्छे आउने क्रम धेरै भए पनि अहिले फाटफुट रुपमा आउने गरेका छन्। 

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी बिष्णुबहादुर रावतले प्रदेश मातहत रहेका मन्त्रालय तथा कार्यालयहरूलाई कार्यक्रम स्वीकृतबारे पत्राचार गरे पनि हालसम्म धेरैले बुझाउन नसकेको बताए।

उनका अनुसार हालसम्म मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभा, मुख्य न्यायधिवक्ताको कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यक्रम स्वीकृतका लागि फाइल पठाएका छन् । उनले अन्य मन्त्रालयलाई पत्राचार गर्दा योजना छनोट भइरहेको र केही दिनमा बाँडफाड गरेर स्वीकृतिका लागि पठाउने प्रतिक्रिया दिने गरेको बताए।

प्रदेशका प्रतिपक्षी दलका सांसदहरूले भने मन्त्रालयको क्रियाकलापप्रति आपत्ति जनाउउँदै आएका छन्।

Xtrem

Xtrem

प्रतिपक्षी सांसदहरुले प्रदेशको आर्थिक समृद्धिका लागि कार्यक्रम, शीर्षक तथा योजना छनोट गर्दा सबै सांसदसँग छलफल गरेर नल्याएको भन्दै विरोध जनाएका थिए। ‘सर्वप्रथम त योजना छनौट विधि नै उपयुक्त छैन’ नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले भने, ‘प्रदेशमा प्रदेश योजना आयोग नभएकाले सांसदसँग छलफल गर्नुपर्ने थियो। स्थानीय तहसँग आवश्यकताको योजना माग्नुपर्ने थियो तर, त्यसो नगरी आफूखुशी बजेट ल्याइयो।’

उनले बजेट पारित गर्नुअघि नै कार्यक्रम, शीर्षक, योजना र बजेट बाँडफाँड भइसक्नुपर्ने बताउ“दै बजेट पारित भएपछि योजना छानेट तथा विभाजन गरिनु गलत भएको प्रतिक्रिया दिए। प्रदेश ७ को सरकारले चालू आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको २५ अर्ब ६ करोड ५६ लाख १४ हजार रुपैयाँको बजेटमा ३ अर्ब बढी रकम ‘बिना शीर्षक’ विनियोजन गरिएको छ। 

बिना शीर्षक विनियोजन भएको बजेटका बिषयमा अझै प्रदेशका मन्त्रालयले सूचना दिन आनाकानी गरिरहेका छन्। मन्त्रालयमा ठूलो रकम बिना योजना शीर्षकको विनियोजनको तयारी भएपछि बिरोध जनाएका प्रतिपक्षका सांसदलाई डल्लो बजेटका बिषयमा जानकारी समेत छैन।

उनीहरुका योजना समेत यो बजेटमा नसमेटिएको प्रदेश सभा सदस्य नन्दा कुमारी बमले बताइन्।

आर्थिक वर्ष २०७५/०७६ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट ४९ करोड ३० लाख, नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम समेतबाट प्राप्त हुने ८ अर्ब ४७ करोड ४६ लाख ५३ हजार, नेपाल सरकार र स्थानीय तहबाट राजस्व बाँडफाँड भई प्राप्त हुने ७ अर्ब ५७ करोड १ लाख ६१ हजार, ससर्त अनुदानबाट प्राप्त हुने  ६ अर्ब ३२ करोड ७८ लाख, संघीय सरकारबाट समपुरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको दुई अर्ब र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको २० करोड रुपैया रहने प्रदेश सरकारले बताएको छ। 

अर्कोतिर, प्रदेश ७ का अधिकांस मन्त्रालयले अझै कार्यक्रमहरूको विभाजन गर्न सकेका छैनन्। आर्थिक वर्ष २०७५/७६ को बजेट पारित भएको दुई महिना पुगिसक्दा पनि मन्त्रालयले कार्यक्रमको विभाजन गराउन सकेका छैनन्।

प्रदेशको सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लगायतले अझै कार्यक्रमहरुको विभाजन गर्न नसकेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  ०६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् बैठकमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाले बनायो समूहगत तालिका
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसद् बैठकमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाले बनायो समूहगत तालिका बिहीबार, असोज ८, २०८३
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्