काठमाडौं– प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई न्यायाधीश दीपकराज जोशीले सर्वोच्चमा स्वागत गर्ने भएका छन्।
मिश्रलाई सोमबार नै संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो। उनले केहीबेर अघि राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ खाएका थिए।
जोशी भने प्रधानन्यायाधीशमा संवैधानिक परिषद्बाट सिफारिस भए पनि सुनुवाइ समितिबाट भने अस्वीकृत भएका थिए। प्रधानन्यायाधीशमा अस्वीकृत भए पनि जोशी न्यायाधीशमा भने यथावत छन्।
यो पनि पढ्नुहोस्ः ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा अनुमोदित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।