काठमाडौं– नोभेम्बर १२ बाट सलमान खानको फिल्म ‘टाइगर ३’ रिलिज हुँदैछ।
फिल्ममा सलमान र कट्रिनाको जोडी फेरि एकपटक देखिने छ भने इमरान हाश्मी खलनायकमा देखिनेछन्। निर्माताले अग्रिम बुकिङ पनि सुरु गरेका छन्।
फिल्मको अग्रिम बुकिङ ४ नोभेम्बर साँझबाट सुरु भएको थियो। फिल्मको आइतबार रातिसम्म १ लाख ८ हजार ४ सय ३७ टिकट बिक्री भइसकेको छ।
फिल्म रिलिज हुन अझै ७ दिन बाँकी छ। राति ८ बजेसम्मको टिकट बिक्रीबाट फिल्मले ३ करोड २५ लाख कमाएको छ।
फिल्ममा सलमान, कट्रिना र इमरान हाश्मी मुख्य भूमिकामा छन् भने केही कलाकारको क्यामियो पनि देखिनेछ।
शाहरुख खान ‘पठान’को रूपमा फिल्ममा प्रवेश गर्नेछन्। ऋतिक रोशन पनि कबीरको भूमिकामा देखिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।