काठमाडौं– सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियाले आयोजना गर्ने भएको छ।
एसिया वा ओसिआनामा २०३४ को विश्वकप आयोजना गर्ने निर्णय गरेको फिफाले आयोजनाका लागि प्रस्ताव गर्न दिएको समय सीमा भोलि बुधबारसम्म छ।
त्यो समय सकिनु केही घन्टाअघि फुटबल अष्ट्रेलियाले २०३४ को विश्वकप आयोजनाका लागि प्रतिस्पर्धा नगर्ने निर्णय गरेको छ।
सन् २०२६ को महिला एसियन कप र २०२९ को क्लब वर्ल्ड कप आयोजनामा केन्द्रित हुन यो निर्णय लिएको अष्ट्रलियाले बताएको छ।
अष्ट्रेलियाले २०३४ को विश्वकप आयोजनामा दाबी नगर्ने निर्णय गरेसँगै विश्वकप आयोजनाको दौडमा साउदी अरेबिया एक्लै देखिएको छ।
यो अधिकार साउदीले पाएमा १२ वर्षमै दोस्रो पटक एसियामा विश्वकप आयोजना हुने छ। कतारले गतवर्ष विश्वकपको सफल आयोजना गरेको थियो।
सन् २०२६ को विश्वकप अमेरिका र क्यानडामा तथा सन् २०३० को विश्वकप भने मोरक्को, पोर्चुगल र स्पेनमा हुने छ । सन् २०३० मा विश्वकप फुटबल सुरु भएको १०० वर्ष पुग्ने भएकाले अर्जेन्टिना, पारग्वे र उरुग्वेले केही संस्मरणात्मक खेल आयोजना गर्ने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।