काठमाडौं– काभ्रेमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
मंगलबार दिउँसो २:१०मा पनौती नगरपालिका-२ छिन्यभन्ज्याङस्थित कुशादेवीबाट नयाँगाउँ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको पराल बोकेको निसान गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।
मृत्यु हुनेमा चालक कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका-२ बस्ने ५० वर्षीय शिवविक्रम केसी रहेका छन्।
यस्तै बेथानचोक गाउँपालिका-२ का ४५ वर्षीय सारदा तिमल्सिनाको टाउको, घाँटी र दुवै हात-खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।