काठमाडौं- नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको ध्यानाकर्षण गराउन भन्दै द्वन्द्वपीडितहरुले काठमाडौंमा प्रर्दशन गरेका छन्। गुटरेसले मंगलबार संघीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उक्त सम्बोधनअघि पीडितहरुले लामो समयदेखि सरकारले ऐन बनाउने र आयोग बनाउने काम मात्र गरेको तर आफूहरुलाई न्याय नदिएको भन्दै विरोध प्रदर्शन गरेका हुन्। द्वन्द्वपीडितहरुको समूहले काठमाडौंको बबरमहलमा ब्यानरसहित प्रदर्शन गरेका थिए।
उनीहरुले संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको फैसला र द्वन्द्वपीडितहरुको सरोकार बमोजिम विश्वसनीय संक्रमणकालीन न्यायको प्रक्रिया सुरु गर्न उनीहरुले माग गरेका छन्। उनीहरुले महासचिवको ध्यानाकर्षण गराउँदै सरकारलाई दबाब दिएका हुन्।
संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभाको मानव अधिकार समितिमा विचाराधीन छ। माानव अधिकार समितिको उपसमितिले आफ्नो प्रतिवेदन दिएको छ भने फुल समितिमा छलफल हुन बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।