जुम्ला– स्व दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार जुम्लाका क्रियाशील पत्रकार विजय रावतलाई प्रदान गरिने भएको छ।
कात्तिक १३ गते बसेको स्व दीपबहादुर स्मृति छनोट समितिको बैठकले यस वर्षको पुरस्कार पत्रकार रावतलाई प्रदान गर्ने निर्णय गरेको हो। उक्त पुरस्कार यही कात्तिक १५ गते एक कार्यक्रमकाबीच प्रदान गरिनेछ।
पत्रकार रावत विकट कर्णालीको जुम्लामा रही सक्रिय पत्रकारिता गर्दै आएका छन्। उनी राष्ट्रिय समाचार समिति (रासस) र हिमालयन टाईम्समा कार्यरत छन्।
रावतले विस २०७५ सालबाट पत्रकारिता सुरू गरेका थिए। उनले साविक कर्णालीको पहिलो दैनिक कर्णाली सरोकार दैनिकबाट पत्रकारिता सुरू गरेका हुन्।
जुम्ला जिल्ला मै पहिलोपटक निजी स्तरबाट वितरण सुरू गरिएको पुरस्कारको राशी १० हजार रहको छ। उनलाई कात्तिक १५ गते एक समारोहबीच पुरस्कृत गरिने छ।
पत्रकार रावत यसैवर्ष प्रेस काउन्सिल नेपालले प्रदान गरेको युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका थिए।
हरेक वर्ष कर्णाली क्षेत्रबाट क्रियाशील पत्रकारलाई प्रदान गरिने स्व दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार अघिल्लो वर्ष पत्रकार सागर परियारलाई प्रदान गएको थियो।
स्व दीपबहादुर स्मृति प्रतिष्ठान, जुम्लाले हरेक वर्ष जुम्ला र बाँके जिल्लामा क्रियाशील पत्रकारिता गरिरहेका सक्रिय पत्रकारलाई पाँच हजार र १० हजार राशीको पुरस्कार वितरण गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।