काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक मंगलबार ४ बजेका लागि बोलाइएको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको समय तोकिएको संघीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ।
गुटेरेस आइतबार बिहान चार दिनका लागि नेपाल भ्रमण आएका थिए। उनले आइतबार नै उच्चस्तरीय राजनीतिक भेटवार्ता सकिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।