काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक सोमबार बस्दैछ। बैठक पार्टी केद्रीय कार्यालय बालकुमारीमा दिउँसो साढे २ बजे बस्नेछ।
जसपाले मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल गर्न आज बैठक बोलाएको हो।
जसपाकी समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थान रिक्त छ। सोही स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको एक केन्द्रीय सदस्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।