काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५० रुपैयाँ रहेको छ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.०५ रुपैयाँ रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.९७ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिद दर ८४.१९ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.५७ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५८ रुपैयाँ रहेको छ । राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २७.८१ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९४ रुपैयाँ तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।