• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १, २०८३ Fri, May 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कस्तो रह्यो महासचिव गुटेरेसको नेपाल भ्रमणको पहिलो दिन?

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १२, २०८०  २१:१०
1140x725

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आफ्नो चार दिने नेपाल भ्रमणका लागि २०८० कात्तिक ११ गते राति (१२ गते आइतबार बिहान १ बजे) काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए। उनलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०२३ सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८औं महासभामा दिएको नेपाल भ्रमणको निम्तो स्वीकार गर्दै उनी नेपाल आएका हुन्।

महासचिव गुटेरेसले आइतबार दिउँसो सिंहदरबारबाट उच्चस्तरीय राजनीतिक भेटवार्ताको सुरुवात गरेका थिए। त्यहाँ उनले परराष्ट्रमन्त्री एनपी साउद र उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट गरेका थिए। गुटेरेसले प्रत्येक मन्त्रीलाई १५ मिनेटका दरले भेटेका थिए।

उनले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटे। गुटेरेसलाई प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए। भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको बाँकी कामलाई टुङ्गोमा पुर्याउन महासचिव गुटेरेसको महत्वपूर्ण भूमिका हुने कुरा गरेको बताए। त्यस्तै गुटेरेसले बाँकी रहेको शान्ति प्रक्रियाको काम पूरा गर्न संयुक्त राष्ट्रसंघले नेपाललाई सघाउन तयार रहेको बताए।

त्यस्तै, गुटेरेस र सभामुख देवराज घिमिरेबीच नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भेट भयो। भेटमा घिमिरेले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताएका थिए। उनले निकट समयमै दुवै आयोगसम्बन्धी ऐन निर्माण गर्ने बताए। गुटेरेसले भने नेपालको संक्रमणकालीन न्याय प्रक्रियालाई सहयोग गर्न राष्ट्रसंघ तयार रहेको बताएका थिए।

महासचिव गुटेरेस र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि संसद् भवनमै भेट भयो। भेटमा देउवाका अतिरिक्त कांग्रेस उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङ, परराष्ट्रमन्त्री एनपी साउद, नेता शेखर कोइराला लगायत सहभागी थिए। भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तन लगायतका विषयमा छलफल भएको थियो। नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघले निर्वाह गरेको भूमिकाप्रति सभापति देउवाले प्रशंसा गर्नुका साथै जलवायु परिवर्तनले नेपाल जस्तो अल्पविकसित मुलुकलाई पारेको गहिरो असरबारे अवगत गराएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

गुटेरेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि संसद् भवनमा भेटेका थिए। भेटमा ओलीका अतिरिक्त एमाले नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, राजन भट्टराई लगायत सहभागी थिए। भेटमा गुटेरेसले शान्तिका संवाहक गौतम बुद्धको जन्मस्थल, शान्ति सेना योगदान गर्ने दोस्रो ठूलो योगदानकर्ता र शान्ति प्रक्रिया सफलतापूर्वक अगाडि बढाएकोमा नेपालको प्रशंसा गरेका थिए। ओलीले भने नेपालको शान्ति प्रक्रिया मौलिक र देशभित्रकै शक्तिहरूको अगुवाइमा भएको बताउँदै संक्रमणकालीन न्यायको विषय छिटो टुङ्ग्याउन चाहेको, तर यो ‘संक्रमणकालीन अन्याय’ चाहिँ हुन नहुनेमा जोड दिएका थिए।

आइतबारै गुटरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गरेका छन्। गुटेरेस राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए। भेटमा राष्ट्रपतिले लामो समयदेखि नेपालको विकास साझेदारको रूपमा रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्त्वमा राखेको कुरा बताउँदै संयुक्त राष्ट्रसंघ तथा यस अन्तर्गतका विशिष्टकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवं दिगो विकास लक्ष्य प्राप्तिमा पुर्याएको निरन्तर सहयोग र योगदानका लागि धन्यवाद व्यक्त गरेका थिए।

साँझ गुटरेस ललितपुरस्थित पाटन दरबार स्क्वायर पुगेका थिए। त्यहाँ उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतले स्वागत गरेका थिए। उनको स्वागतमा सांस्कृतिक नाचगान प्रस्तुत गरिएको थियो।

साँझ भने उनी प्रधानमन्त्री प्रचण्डले उनको सम्मानमा आयोजना गरेको सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजमा सहभागी भए। रात्रिभोज होटल सोल्टीमा आयोजना गरिएको हो। भोजमा विभिन्न राजनीतिक दलहरुका शीर्ष नेताहरू पनि सहभागी थिए।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
राप्रपा नेता तथा व्यवसायी विक्रम पाण्डेसँग चार लाख धरौटी माग
सम्बन्धित सामग्री
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे हिजो मात्रै मन्त्रालय घटाएर २२ बाट १८ मा झारेका प्रधानमन्त्री शाहले त्यसका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको सूचना प्रविधिलाई... बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधिसभा बैठक (लाइभ) आजको बैठकमा ६ वटा कार्यसूची रहेका छन् । नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ । बिहीबार, वैशाख ३१, २०८३
संसद्लाई मर्यादित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा बिहीबार प्रतिनिधिसभामा बोल्दै पुनले संसदीय लोकतन्त्रमा संसद्को नेता प्रध... बिहीबार, वैशाख ३१, २०८३
ताजा समाचारसबै
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै शुक्रबार, जेठ १, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शुक्रबार, जेठ १, २०८३
राप्रपा नेता तथा व्यवसायी विक्रम पाण्डेसँग चार लाख धरौटी माग बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
भारतको उत्तर प्रदेशमा भीषण आँधी, ५६ जनाको मृत्यु बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्