काठमाडौं- नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइनको गाजा क्षेत्रमा आपतकालीन मानवीय युद्धविराम गर्न अपिल गरेका छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यूएन महासचिव गुटेरेसले काठमाडौंबाट यस्तो अपिल गरेका हुन्। गाजा क्षेत्रमा इजरायलले गरिरहेको बम आक्रमणका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उनले दाबी गरे। उनले त्यसलाई रोक्न तत्काल युद्धविराम गर्न अपिल गरेका हुन्।
उनले सबै बन्दीहरूको बिना सर्त रिहाइ गर्न पनि अनुरोध गरेका छन्। गाजाका जनताको आवश्यकताहरू पूरा गर्ने स्तरमा दिगो मानवीय राहत वितरणको व्यवस्था गर्न र गाजा, इजरायल र नेपाललगायत विश्वभरका प्रभावित मानिसहरूका लागि दुःस्वप्न बनेको यस युद्धको अन्त्य गर्न पनि महासचिव गुटेरेसले सम्बन्धित पक्षलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।