काठमाडौं- गोकर्णेश्वर नगरपालिकाले मोटरसाइक मोडिफाइल गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ।
मेयर दिपक रिसालले एक सूचना जारी गर्दै गोकर्णेश्वर नगरपालिका भित्र मोटरसाइलकको स्वरुप बिगार्ने, ध्वनी प्रदूषण गर्ने गरी मोटरसाइकल मोडिफाइ र स्वरुप बिगारेको पाइएमा कारबाही गर्ने भन्दै तत्काल यस्ता सवारी साधनहरु सुधार गर्न चेतावनी दिएको छ।
त्यस्तै बाटोमा बाइक धुने अनि मोबिल पोखेर बाटोमा फोहोर गरेको पाइएमा पनि कारबाही गर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। मेयर रिसालले मोटरसाइकलको साइलेन्सर तथा मोडिफाइ गरी सञ्चालन गरेका कारण ध्वनी प्रदूषण हुनुका साथै नगरबासीबाट धेरै गुनासो आएपछि यस्तो निर्णय लिइएको बताए। उनले पहिलो चरणमा सुधारको मौका र चेतावनी दिइएको र दोस्रो चरणमा धमाधम कारबाही सुरु हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।