काठमाडौं– नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस समक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको बाँकी रहेको काममा मद्दत गर्न आग्रह गरेका छन्।
महासचिव गुटरेससँग सिंहदरबारमा दुई पक्षीय भेटपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले आफूले उक्त प्रस्ताव गरेको उल्लेख गरेका छन्।
‘नेपालको शान्ति प्रक्रियाको बाँकी काम जो अन्तिम चरणमा छ, त्यसलाई टुङ्गोमा पुर्याउन अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँको महत्वपूर्ण भूमिका हुने पनि कुरा गर्यौं,’ प्रचण्डले भेटपछि भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।