काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस हमास विद्रोहीद्वारा बेपत्ता पारिएका विपिन जोशी सकुशल फिर्ता हुनेमा विश्वास व्यक्त गरेका छन्।
आइतबार बिहान काठमाडौं आइपुगेको महासचिव गुटेरेसले दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा उक्त विश्वास व्यक्त गरेका हुन्।
‘७ अक्टोबरमा हमास विद्रहीद्वारा मारिएका १० नेपाली परिवारमा गहिरो समवेदना प्रकट गर्दछु। विपिन जोशी जो हराइरहेका छन् उनी सुरक्षीत फर्किउन् भन्ने कामना गर्दछु,’ महासचिव गुटेरेसले भने।
यस्तै उनले गाजा क्षेत्रका प्यालेस्टाइनी नागरिकमाथि बर्बरतापूर्वक हमला भइरहेकोले उक्त कार्यबाट पछि हट्न इजरायललाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।