काठमाडौं– सांसद प्रेम सुवालले सरकारी बिदा एक चौथाइले कटौती गर्नुपर्ने प्रस्ताव गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा भाग लिँदै सांसद सुवालले उक्त प्रस्ताव गरेका हुन्।
‘सरकारी बिदा धेरै भएको जनगुनासो छ, यसलाई एक चौथाइ बिदा कटौती गर्नुपर्छ,’ सांसद सुवालले माग गरे।
यस्तै, सांसद सुवालले नेपालीको सम्पत्तिको सीमांकन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्नु पर्ने पनि माग राखेका छन्।
उनले भने, ‘नेपालीको सम्पत्तिको सीमांकन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ किनभने अहिले पनि नेपालीहरुको विदेशमा सम्पत्ति भएको बाहिर आएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।