बेइजिङ- चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको शुक्रबार अचानक हृदयाघातका कारण निधन भएको छ। सिन्ह्वा समाचार एजेन्सीका अनुसार कम्युनिष्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी समिति सदस्य तथा पूर्वप्रधानमन्त्री लिको ६८ वर्षको उमेरमा शुक्रबार साङ्घाईमा निधन भएको हो।
मुलुककै दोस्रो सर्वोच्च नेताको पदबाट हटेको एक वर्ष नपुग्दै उनको हृदयाघातको कारण निधन भएको हो। सि चिनफिङमाथि हावी नहुन् भनेर कुनै समय सम्भावित शीर्ष नेताका रूपमा हेरिएका लिलाई जानाजान वर्षौँसम्म सार्वजनिक रूपमा टाढा राखिएको थियो। सिले त्यसपछि धेरै शक्ति हासिल गरे।
केही मानिसका अनुसार लिले आफ्नो देशका लागि योगदान दिने महत्वाकांक्षाका साथ कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए तर कठोर कम्युनिस्ट शासनले उनलाई दबाएर राख्यो।
सिङ्गापुर पोस्टका अनुसार उनलाई शक्तिबाट बाहिर निकालेपछि मुलुकको निजी क्षेत्रको भविष्यका साथै उनले समर्थन गरेको आर्थिक सुधारमाथि पनि प्रश्नचिह्न खडा भयो।
विश्लेषकहरूका अनुसार लि आफ्नै प्रकारको अन्तिम प्रधानमन्त्री हुन सक्नुहुन्छ जसको शासनप्रति अर्थतन्त्र–केन्द्रित दृष्टिकोण सि जिनपिङको वैचारिक स्वर र अधिनायकवादी प्रवृत्तिको विपरीत छ।
सिङ्गापुर पोस्टका अनुसार लिका लागि सि जिनपिङलाई सन् १९७८ मा सुरु गरिएको ‘सुधार र उद्घाटन’ नीतिको भावनालाई ‘विघटन’ गर्नबाट रोक्न असम्भव थियो तर उहाँले केही साहस देखाए।
लिको स्थानमा आएका लि कियाङलाई सिको निकट मानिन्छ जसलाई साङ्घाईमा महिनौँसम्म निर्मम तरिकाले कोभिड लकडाउन लागु गर्ने नेताका रूपमा चिनिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।