एजेन्सी– अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी हुँदा १६ जनाको मृत्यु भएको छ। उक्त गोलाबारीमा ५० जना घाइते भएको अनुमान गरिएको छ।
स्थानीय प्रहरीले बन्दुकधारी खुलेआम घुमिरहेकाले सचेत रहन चेतावनी दिएको छ। प्रहरीले आफू बसेको ठाउँबाट अन्त नगइ त्यहीँ सुरक्षित रहन अपिलसमेत गरेको छ ।
ठाउँठाउँमा भइरहेको गोलाबारीको अनुसन्धान भइरहेको भन्दै प्रहरीले सावधान गराएको बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।