एजेन्सी– अफगानिस्तानको हेरात प्रान्तमा विनाशकारी भूकम्पबाट विस्थापितहरुले अमेरिकाले अफगानिस्तानको सम्पत्ति रोकेकाले भूकम्पपछिको पुनःनिर्माणमा असर परेको बताएका छन्।
विस्थापित एक बासिन्दा मोहम्मदले अहिले आफूहरु ६ जना परिवारको साथमा खुला मैदानमा बास बस्नु परिरहेको बताए।
भूकम्प सकिएपनि जीवनको आशा गुमेको अर्का एक बासिन्दाको भनाइ छ। आफ्नो जीवनलाई निरन्तरता दिन सक्ने की नसक्ने भन्ने डर रहेको बताए।
हेरात प्रान्तीय सरकारका प्रवक्ता निसार अहमद इलियासले अमेरिकाले अफगानिस्तानको सम्पत्ति रोकेकाले पीडितको उद्धार गर्न असहज भइरहेको बताए। प्रतिबन्धले शतप्रतिशत नकारात्मक असर परेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।